श्रीमानको कमलो चित्तले गिजोलिएको न्याय

केहीदिन अगाडि अनलाइन पत्रिकामा नेपालको सर्वोच्च अदालतका केही प्रधान न्यायधीशहरुको बारेमा विश्लेषण गरिएको थियो । विश्वनाथ उपाध्यायदेखि वर्तमान प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबरासम्मका पधान न्यायधीशहरुको स्वभाव र उनीहरुका समानता र भिन्नताको बारेमा विश्लेषण गरिएको समाचार पढें । त्यस समाचारमा वर्तमान प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको बारेमा निकै गहन कुराहरु उल्लेख गर्दै चोलेन्द्रको स्वभाव र कार्य तथा न्यायशैली पूर्व प्रधान न्यायधीश विश्वनाथ उपाध्यायसंग तुलना गरेको थियो । उक्त समाचार पढ्दै गर्दा कताकता विश्वनाथ उपाध्यायको त्यो उज्यालो र चम्किलो शारीरिक ब्यक्तित्व र निकै अग्लो न्यायिक उचाई मानसपटलमा घुम्न थाल्यो । त्यो बेला टेलीभीजनको पर्दामा देखेका उपाध्याय र अहिले टेलीभीजनको पर्दामा देखिने राणाको ब्यक्तित्व झण्डै झण्डै उस्तै लाग्न थाल्यो । अनि गौरबले छाती ढक्क फुल्यो कि करिब अढाई दशक पश्चात नेपालको सर्वोच्च अदालतले एकजना सबल र सक्षम न्यायमुर्ति पाएछ भन्ने अनुभूति मानसपटलमा सगालियो ।

अबका दिनमा सर्बोच्च न्यायालयले एक सबल र सक्षम न्यायमुर्तिको रुपमा जबराबाट पद्धतिगत सुधारको अनुभुति गर्न पाउनेछ । न्यायविहीन र कमजोर वर्ग समुदायले पनि कमसेकम न्यायको अनुभुति गर्न पाउनेछन्, महिलामाथि हुने हत्याहिंंशाका मुद्दाहरु उपर छानविन हुनेछ र कसैले न्यायको अभाव महसुस गनुपर्दैन भन्ने कुराको सुनिश्चितता हुनेछ भनेर गर्वलागेको मनमष्तिस्क एकैहप्ता पनि टिक्न सकेन । आफ्नै श्रीमती गीता ढकालको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कुमार कोइरालाको रिहाई सगै अहिले नेपाली जनतामा यस्तो नकारात्मक प्रभाव पर्यो कि श्रीमान चोलेन्द्र शमशेरको कमलो चित्तको कारण नेपालको न्याय ब्यवस्था गिजोलिने चिन्ता बढन थालेको छ ।

जहाँ न्याय मर्दछ त्यहाँ नागरिकले बाच्नुको अर्थ टुट्दै जान्छ

हत्या अभियोगमा जेल भुक्तान गरिरहेका अभियुक्तको यति लामो सजाय मिनाहा गरी यति छोटो समयमा न्यायालयबाट थुनामुक्त भएको थोरै घटना मध्ये यो पनि एक हुन सक्छ । न्याय विधि विधान र कानुनले निर्धारण गर्ने कुरा हो । कसैको भावना र बहकावले मनलाग्दी र स्वेच्छाचारी निर्णय गर्दै जाने हो भने त्यस किसिमको निर्णयले पीडितहरुको न्याय मर्ने मात्र हाइन पीडक अपराधी मानसिकताबाट प्रोत्साहित हुने र समाजमा हत्याहिंशा र अपराधिकरणमा बृद्धि हुदै जाने कुरालाई अहिलेको सर्बोच्च अदालतको फैसलाले प्रोत्साहन गरेका छ । आगामी दिनमा यही फैसलालाई नजिर बनाएर छोराछोरी मसिना छन्, बाबुआमा बृद्ध छन्, रोग लागेको छ भन्दै कमलो चित्तले फैसला गर्दै जाने हो भने हरेक घर परिवारमा छोरी बुहारीको ज्यान जोखिममा त जाने नै भयो साथसाथै समाजमा बलिया सम्पन्न र पहुचवालाहरु बाच्ने र बाँकी मारिने खेल बढ्दै जाने कुरा स्वतशिद्ध छ । किनकि जहाँ न्याय मर्दछ त्यहाँ नागरिकले बाच्नुको अर्थ टुट्दै जान्छ । के हामीले दुई पटक लगाएर संविधान बनाउदा यही दिनको परिकल्पना गरेका थियौँ त ?

हालसम्म नेपाली जनताले बुझेको कुरा के हो भने सम्मानित सर्वोच्च अदालतको फैसला अन्तिम हुन्छ । जिल्ला अदालत,पुनरावेदन अदालतबाट प्राप्त फैसलामाथि चित्त नबुझेमा सर्बोच्च अदालतले न्याय दिन्छ भन्ने जनबुझाई माथि पनि यस फैसलाले पर्याप्त आशंका जन्माएको छ । कहिले काही गर्ने भन्दा गराउने दोशी हुन्छ भन्ने कहावत अहिलेको सन्दर्भमा सान्दभिक देखिएको छ । यहा सजाय भुक्तान गरिरहेका रञ्जन कोइराला रिहाई हुनु वा उनले सफाई पाउने चाहना राख्नु अन्यथा होइल । अभियुक्तहरु जेलबाट छुट्न खोज्लु वा छुटनुलाई गल्ती होइन । अभियुक्त त जेल तोडेर, सुरुङ्ग खनेर भाग्न सफल भएभने उसको बहादुरी ठहरिएला तर अभियुक्तलाई नियमन गर्ने निकायले आफ्नो कर्तब्य र अधिकार भुलेर अपराधीकै पक्षमा उभिदा गीता ढकाल र सुस्मिता थापाका अभिभावकहरुले न्याय खोज्न कहा जाने र कसबाट न्याय पाउने भन्ने प्रश्न अहिले सम्मानित सर्बोच्च अदालतको वरिपरि उत्तर खोजिरहेको छ । आज सर्बोच्च अदालतले रञ्जन कोइरालाका छोराहरुलाई अभिभावकको खाचो देखेर ११ वर्ष सजाय माफी दिदै रिहाई गर्दा २०६८ सालमा आमाको हत्या हुदाताकाको परिदृष्यलाई किन ख्याल गरेन ? त्यसबेलाका उनका नाबालक छोराहरु, ताल्चा लागेको घर असहाय र टुहुरो बाल्यकाल बेहोर्न बाध्य ती बालकमाथि न्याय गरी धरौटीमा छोडेको भए कमसेकम केहीदिन गारो भएपनि छोराहरुको भष्यिका लागि समाजले पचाउथ्यो होला तर अहिले उनका छोराहरु आत्मनिर्भर हुने अवस्थामा एउटा अभियुक्त माथि गोहीका आशु झारेर सर्बोच्च अदालतले गम्भीर भुल गरेको छ यस किसिमको भुलमाथि प्रश्न उठाउने अको निकाय भनेको महान्याधिवक्ताको कार्यालय हो अब सबैको नजर उतै सोझिएको छ ।

रञ्जन कोइराला माथि दया देखाउने न्यायालयले प्रकास थापाहरुमाथि दया नदेखाउलान ? कानुन त सबैका लागि समान होला नि !

सर्वोच्च अदालतल न्यायको मुल घर हो र प्रधान न्यायधिस त्यस घरका मुली हुन । मुलीले कसैलाई काखा र कसैलाई पाखाको दृष्टिले हेर्यो भने सायदै त्यस घरको दुर्दिन सुरु हुन थाल्छ । घरमुलीले गरेका कार्य र निर्णयलाई परिवारका सदस्यले पच्छ्याउदै जाने र पुस्तान्तरण गर्दै जाने परिपाटी रहन्छ । सर्बोच्चले गरेका अहिलेको फैसला माथि टिप्पणी गर्ने हो भने पनि यही कुराको संकेत पाउन सकिन्छ । यदि रुकुम जिल्ला अदालतमा यही नजिर पल्टाएर जाने हो भने जिल्लाका श्रीमानको चित्त पग्लियो भने नवराज बिक सहित ६ जनाको हत्यामा संलग्न अभियुक्तहरु केही समय पछि छुट्ने अवस्था देखिन्छ । त्यहा एउटा सिंगो गाउ नै जेल बसेको छ । तिनका पनि छोराछोरी होलान, अभिभावकको आवश्यकता उनीहरुलाई पनि होला, घरमा ताल्चा मारिएको होला । त्यसैगरी भर्खरै मात्र हेटौंडामा एकजना बुहारीको हत्या अभियोगमा परिवारका सबै सदस्यहरु जेलमा छन् । अभियुक्तहरुको घरमा ताल्चा ठोकिएको छ, छोरीको विवाह गर्ने बेला भैसकेको छ, भन्ने किसिमका बाहनामा मकवानपुर जिल्ला अदालतका श्रीमानको चित्त पग्लियो वा सर्बाेच्चकै नजिरलाई पच्छ्याएर सजाय माफी दिदै जाने हो भने सुस्मिता थापा र उनका माइतीहरुले कहिले न्याय पाउने ? रञ्जन कोइराला माथि दया देखाउने न्यायालयले प्रकास थापाहरुमाथि दया नदेखाउलान ? कानुन त सबैका लागि समान होला नि !

म नै राज्य हुँ भन्ने स्वेच्छाचारी युग पार गरेर हामी धेरै अगाडि बढिसकेका छौँ । यसक्रममा धेरै सपुतहरुले आफ्नो ज्यानको बलिदान दिएकाछन् । धेरै महिलाहरुले आफ्नो सिन्दुरको बलिदान दिएका छन् । धेरै बाबुआमाले आफ्ना सन्तान बलिदान दिएको अपराधीहरुमाथि सहानुभुति राख्न वा स्वेच्छाचारी निर्णय गर्नेलाई छुटकारा दिनलाई होइन । कसैको चित्त पग्लदा बृद्धाश्रममा गएर खाना खुवाउन सक्छन्, असहायहरुलाई चन्दा दिन सक्छन, बाल आश्रम र अनाथाश्रम बनाएर सेवागर्न सक्छन तर न्यायिक निकायमा बसेर स्वेच्छाचारी निर्णय गर्ने छुट नेपालको संविधानले कसैलाई दिएको छैन । हिजो निर्दोश प्रधान न्यायधीशमाथि छापामार शैलिमा महाअभियोग लगाउने संसद यही हो । पात्रहरु अधिकांश यिनै हुन तर जनताहरु महाअभियोगको विपक्षमा थिए । आज न्यायधिश र प्रधान न्यायधिस दुबैले गलत गरेको हुनाले महाअभियोग लगाउन तिब्र दवाब दिइरहदा पनि त्यसतर्फ ध्यान दिइएको छैन । आज झण्डै दुइ तिहाईको सरकार छ न्याय आर्यघाट पुगिसकेको छ ।

कार्लमाक्सले राज्य,सरकार,अदालत जस्ता निकायलाई पुजीपतिहरुको संरक्षण गर्ने किल्लाको रुपमा परिभाषित गर्दै यिनीहरुले आफ्नो स्वार्थपुर्तिका लागि कमजोर वर्गको दमनमा उपयोग गर्दछन भन्ने दृष्टिकोंण अघि सारेका छन । नेपालमा उही माक्सका चेलाहरुले नेतृत्व गरको हुनाले गंगाहरुले न्याय नपाउने त होइनन प्रश्न भन्ने गर्ने बेला भएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *