माधव र वामदेवको भेट ओलीलाई झस्का

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला माधव कुमार नेपाल र वामदेव गौतमबीच नक्सालस्थित एक कार्यालयमा गोप्य भेटघाट भएको छ । उच्च राजनीतिक स्रोतका अनुसार गौतमका छोरा हरिश गौतमको कार्यालयमा उनीहरुबीच गोप्य भेटघाट भएको हो ।

करिब चार घण्टा भएको भेटघाटमा उनीहरुले पुराना विवाद र आन्तरिक छिद्रहरुलाई अबको दिनमा नसम्झिने र मिलेर जाने प्रतिबद्धता जनाएका छन् । नमिल्दा कही पनि नपुगिने र ओली सधै पेलेर जाने भएकाले आफूहरु मिल्नुको कुनै विकल्प नभएको भन्दै दुवै नेताहरुले ओली विरुद्ध समान धारणा बनाउने सहमति गरेको स्रोतले जनाएको छ । दुवै नेताले चार घण्टा छलफल गरेको विषय वालुवाटार पुगेपछि भने ओली पक्ष झस्किएको छ ।

ओलीको दुवै पदबाट राजिनामा दिन्न बरु अन्य विषयमा छलफल गरौ भन्न अडान अहिले पनि यथावत राखिरहेका छन् । माधव नेपालले पनि पार्टी विधि, विधान र पद्धति अनुसार सञ्चालन हुनुपर्छ पार्टीमा एक पद एक जिम्मेवारी हुनुपर्छ भन्ने अडान यथावत रहेको छ ।

दाहालले नेपालकै अडानलाई टेकेर प्रधानमन्त्री राजिनामा माग्ने तर सहमतिचाहि अर्ली महाधिवेशनको प्रस्तावमा सहमति जनाउदा नेपाल पक्षले दाहाललाई पूरै विश्वास गर्न सकिरहेको छैन । ओली दाहालको धेरै पटको छलफलमा दाहालले नेपाललाई विफ्रङ गरेपनि पछिल्लो दुई वटा घट्नाक्रम सशंकित बन्दै गएका थिए । चाडैको पार्टी महाधिवेशन गराउने, मन्त्रिपरिषदको पुर्नगठन गराउने तथा केही पदहरु हेरफेर गरेर सहमति गर्ने जस्ता विषयमा दाहाल लचिलो बन्दै गएपछि नेपाल दाहालसँग सशंकित बनेका थिए ।

ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि बैठकमै नेपालले दुवै अध्यक्षको चोचोमोचो मिलाएर सहमति गरे आफू विधि पद्धतिको विषयमा देशव्यापी कार्यकर्तामाझ जाने बताएपछि अहिले दाहाल नेपाललाई फकाउन लागिरहेका छन् । नेपालले भने पूरै विश्वास गर्ने अवस्था नभएको भन्दै दाहालका भनाईमा पर्ख र हेरको नीतिमा रहेको जनाउदै आएका छन् ।

Share
  • 238
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *