धापाखेलको बस्ती डुवान र भूक्षय नियन्त्रण गर्न बानियाले गराए स्थानीय तहको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेस ललितपुर महानगर वडा नम्बर २३ का इकाइ अध्यक्ष कुमार बानियाले धापाखेल क्षेत्रको बस्ती डुवान र भूक्षयको नियन्त्रणका लागि स्थानीय तहको ध्यानकर्षण गराएका छन ।
स्थानीय जनसरोकारका विषयलाई प्रभावकारी रुपमा उठाउदैे आएका बानियाले अविरल बर्षासंगै धापखेलमा भएको डुवान र भूक्षयको नियन्त्रण गर्न स्थानीय तहसंग माग गरेका हुन ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष वितिसक्दा समेत वडानम्बर २३ को समस्या समाधान नभएको भन्दै बानियाँले स्थानीय तहसंग असन्तोष प्रकट गरेका छन् ।
ललितपुर २३ को महादेव खोला भनिने सानो खोला अतिक्रमणको चपेटामा परेका कारण धापखेल क्षेत्र डुवानमा परेको, भूक्षयले घर भत्किएका र बस्ती जोखिममा परेको भन्दै बानियाँले उक्त समस्या अविलम्ब हल गर्न स्थानीय तहसंग माग गरेका छन।
बानियाले तत्कालिन धापाखेल गाउँ बिकास समिति हँुदा उक्त समयमा वडा नागरिक मञ्चको अगुवाइमा पूर्ब गाविस अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि,टोलसुधार समितिहरु,गुठी,युवा क्लब,समाजसेवी र सरोकावाला पक्षको उपस्थितिमा बृहत छलफल गरि अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समितिको मापदण्ड लागू गर्न÷गराउन निर्णय भएको निर्णयको प्रतिलिपि समेत सरोकारवाला निकायमा बुझाएका छन ।
अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समितिको खोलाको बहाव क्षेत्र कटाएर किनाराबाट दायाँबायाँ ४÷४ मिटर छोड्नु पर्ने मापदण्डलाई बेवास्ता गरिएकाले यसको कार्यान्वयनमा स्थानीय तहको ध्यानकार्षण बानियाले गराएका छन ।
खोलाको बहाव क्षेत्र नपुगेका कारण खोला बस्तीमा प्रवेश गरि वितण्डा मच्चाएको बानियाले बताए ।

सिभिल होम्स,जेम्स स्कुल,टेवा,कान्तिपुर कलेज लगाएत २३ वडा अन्तर्गतका अन्य स्थानमा रहेका गोरेटो बाटोका सम्वन्धमा समेत स्थानीय तहले अविलम्ब निकास दिई दीर्घकालीन रुपमा समस्याको समधान गर्नु पर्ने बानियाले माग गरेका छन ।

Share
  • 352
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *