ईश्वरी भन्दैछिन्– ‘हुन्छ तिम्रै रानी’ (भिडियोसहित)

काठमाडौं । गायिका तथा सञ्चारकर्मी ईश्वरी बरालको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ शीर्ष बोलको गीत बजारमा ल्याएकी हुन् । क्षितिज सर्पणको शब्द र राजकुमारको संगीतमा रहेको उक्त गीत एक्का कम्पनीको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । सञ्जय हमालले एरेन्ज गरेको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको माया प्रेममा आधारित छ । गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही) पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

Share
  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *