बुधबार २१० जनामा कोरोना पुष्टि, १४६ जना डिस्चार्ज

काठमाडौं। बुधबार २१० जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा १४६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ६० जना छ ।

हलासम्म कोरोनालाई जितेर हालसम्म १४ हजार ७१ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७२ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा १४ हजार ४ सय ७१ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ७३ जनको पीसीआर परिक्ष गरिएको जनाइएको छ । नेपालमा ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । काेरानाका कारण ४९ जनाको मृत्यु भएको छ ।
भोजपुर,संखुवासभा, रसुवा,मनाङ, मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । रौतहट र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।

Share
  • 24
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *