प्रचण्डको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ मा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक भएको छ । पुस्तकमा अध्यक्ष प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचार समेटिएका छन् ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष दाहालले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएको छ ।

पुस्तकमा राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना र संविधान कार्यान्वयनदेखि सशस्त्र विद्रोहका प्रसँगसमेत समेटिएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ३ सय ८५ पेजको छ भने मूल्य ५ सय रुपैयाँ राखिएको छ ।

‘हामी जहाँ आइपुगेका छौं यो केही असाधारण राजनीतिक प्रयोगको रुपमा छ, जो दुनियाँमा कमै देखापर्ने गर्दछु । एउटा सशस्त्र विद्रोह र शान्तिपूर्ण संसदीय संघर्षका शक्तिहरु आपसमा सहमति गरेर निरंकुशताका विरुद्ध लड्ने एउटा नयाँ प्रयोगको रुपमा हाम्रो संविधानसभा गठन भयो । संविधानसभाबाट संविधान निर्माण गर्ने प्रकृया दुनियाँमा जहाँजहाँ भयो, त्यहाँ आन्दोलनमा, क्रान्तिमा विद्रोहमा जो विजेता हुन्छन्, ती विजेताहरुले नै आयोजना गर्ने गरेका छन्’, पुस्तकको भूमिकामा भनिएको छ

Share
  • 230
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *