नेपाली कांग्रेसद्वारा सागमा स्वर्ण पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गर्दैछ । नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले पदक विजेता ७८ खेलाडीलाई नगद र कदरपत्रसहित सम्मान गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको उक्त कार्यक्रममा एउटा स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ र दुईवटा स्वर्ण पदक विजेता खेलाडीलाई १५ हजार रुपैयाँ नगदसहित कदरपत्रले सम्मान गरिने नेपाली कांग्रेस पार्टी कार्यालय सचिव प्रेम केसीले जानकारी दिए ।

नेपाली कांग्रेसले मोहन बस्नेतको अध्यक्षमा खेलकुद विभाग गठन गरेपछि स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगदसहित सम्मान गरेको हो । विभागले गत साता आयोजना गरेको पत्रकार सम्मेलनमा खेलाडी सम्मानलगायत अन्य विभिन्न कार्यक्रम गरिने योजना सार्वजनिक गरिएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *