भिरबाट खसेको ढुङ्गा लागेर रोल्पामा एक युवकको मृत्यु

रोल्पा । भिरबाट खसेको ढुङ्गा लागेर रोल्पामा एक युबकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए । उनका अनुसार खेतमा पानी लगाउन जाने क्रममा बाटोमाथि भिरबाट खसेको ढुंगा लागेर रुन्टिगढि गा.पा.वडा नं. ८ मेलटाकुराका २६ बर्षीय प्रेम बहादुर पुनको मृत्यु भएको हो ।

हिजोराति करिब १२ बजेतिर पानी लगाउन जाने क्रममा बाटोमा हिडिरहेको समयमा अचानक भिरबाट खसेको ढुंगा लागेर पुनको घटनस्थलमै मृत्यु भएको थियो ।

खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय होलेरीवाट प्रहरी निरीक्षक मेघनाथ चापगाईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रनि खड्काका अनुसार शव पोष्टमार्टम गरी आज दिउसै परिवारलाई बुझाइ सकिएको छ ।

Share
  • 99
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *