कांग्रेसको नीति सफल, नेता असफल

लोकतान्त्रिक आन्दोलनको अगुवाई र नेतृत्व गरेको राजनीतिक दल नेपाली कांगे्रस चौधौं महाधिवेशनको तयारीमा जुटेको देखिन्छ । कोभिड–१९ को महामारीका कारण अन्यथा निर्णय नभएसम्म आगामी फाल्गुनमा महाधिवेशनको मिति तोकिएको छ । नेतृत्वका लागि भए गरिएका प्रयासहरु हेर्दा महाधिवेशन तोकिएकै मितिमा हुन्छ कि भन्ने आशा राख्न सकिन्छ । प्रत्येक परिवर्तनको नेतृत्वकर्ता दल आज इतिहासकै कठिन अवस्थाबाट गुज्रिएको छ । कांगे्रसले लिएको सिद्धान्त सान्दर्भिक भएको छ, संविधानमा लिपिबद्ध भएको छ, प्रणालीको रुपमा स्थापित भएको छ तर नेपाली कांगे्रसको नेतृत्व शासनसत्ताबाट विस्थापित भएको छ । तातिएर यो व्यवस्थालाई स्वीकार गर्न आइपुगेका कम्युनिष्टहरु शासनसत्तामा छन् । व्यवस्थालाई स्वीकार गर्दा प्रजातान्त्रिक प्रक्रियाबाट आएका व्यक्तिहरु शासन प्रणालीप्रति इमान्दार छैनन् । लोकतान्त्रिक संस्थाहरुलाई व्यवस्थित एवम् प्रभावकारी बनाउनभन्दा बद्नाम गर्न लागिपरेका छन् । यसले लोकतन्त्रप्रति विश्वास राख्ने आम मानिसलाई चिन्तित बनाएको छ ।

नेपाली कांगे्रस रातारात कमजोर भएको होइन, थिएन । जनताको आस्था, विश्वास र भरोसा भएको दललाई कमजोर बनाउन सुरुदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र क्रियाशील थियो । २०१७ साल पुस १ गतेको घटना केवल राष्ट्रिय मात्र थिएन, यसमा अन्तर्राष्ट्रिय चलखेल पनि थियो । बीपी कोइरालाको व्यक्तित्व र जनताप्रतिको विश्वास देखेर तर्सिएका शक्तिहरुले जनताबाट निर्वाचित सरकार र निर्मित संस्थाहरुलाई विघटन गरी निरंकुश शासन व्यवस्थाको सुत्रपात गरेका थिए । जसका कारण नेपाली कांगे्रसले मात्र होइन देशले नै ठूलो मूल्य चुकाउनु प¥यो । नेपाली कांगे्रसलाई कमजोर र बद्नाम गराउने खेल खेल्ने राजसंस्था र छिमेकी शक्तिकेन्द्रहर पछुतो मान्दै छन् । राजसंस्था समाप्त भयो भने छिमेकी मुलुक भारत इतिहासका आफ्ना गल्ती कमजोरीहरुको समीक्षा गर्दैछ ।

यस्तो अवस्थामा नेपाली कांगे्रस आफ्नो महाधिवेशनका क्रममा आरोप प्रत्यारोपमा केन्द्रीत भएको छ । सभापति शेरबहादुर देउवाको कारण पार्टी कमजोर र बद्नाम भयो भन्ने बुझाई एकथरिको छ भने अर्कोथरिको विचारमा यसको जिम्मेवारी सामूहिक हो, भागवण्डामा सहभागी हुने तर जिम्मेवारी लिन तयार नहुने मानसिकताले लोकन्त्र नै धरापमा पर्न जाने देखिन्छ । मुख्य नेतृत्वको हैसितले सभापति त जिम्मेवार हुन्छ नै त्यहाँभन्दा तल रहेको वरिष्ठ नेतादेखि महामन्त्री कोषाध्यक्षलगायत केन्द्रीय समिति जिम्मेवार हुन्छ कि हुादैन ? बीपी कोइरालाका कान्छा सुपुत्र डा. शसांक कोइरालालाई नै कार्यकर्ताले महत्वपूर्ण जिम्मेवारीसहित महामन्त्रीमा विजयी गराएका छन् । उहाँको जिम्मेवारी र दायित्व के कति रहन्छ ? संसदमा निर्वाह गरेको भूमिका र पार्टीमा खेलेको भूमिकाले उहाँलाई सफल देउवालाई मात्र असफल बनाउँछ ? बीपी कोइरालाको छोराले संसदमा सिंगो मुलुकले सुन्ने गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा विचार प्रवाह गरेको महसुस कार्यकर्ताले गर्न पाएका छैनन् । सभापतिका कमजोरी सच्चाएर पार्टीलाई आफ्नो उद्देश्य लक्ष्य र आदर्शको बाटोमा अग्रसर गराउनका लागि महामन्त्रीलगायतको केन्द्रीय सदस्यहरुको समूहले के कस्तो भूमिका निर्वाह गर्न सक्यो भन्ने थाहा जानकारी गराउनुपर्ने दायित्वबाट महामन्त्री अलग हुनुहुन्छ ?

बीपीको छोरासाग आम नेता कार्यकर्ताले जे अपेक्षा राखेका थिए त्यो प्राप्त गरे ? सभापतिका कारण पार्टी पराजित भयो, बद्नाम भयो, प्रभावकारी हुन सकेन भनेर महामन्त्रीले बोल्दा त्यो प्रश्न महामन्त्री कोइरालातिर नै तेर्सिन्छ वा तेर्सिदैन ? १३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले आ–आफ्नो भूमिका र जिम्मेवारी अनुसारको दायित्व महसुस गर्नुपर्छ कि पर्दैन ? आफू सफल अर्को असफल भन्ने मानसिकताबाट मुक्त नभएसम्म नीतिमा विजय हासिल गरेको नेपाली कांगे्रस नेतृत्वमा पराजित हुने नियतिबाट माथि उठ्न नै सक्दैन । रामचन्द्र पौडेलको स्वार्थमा गोविन्दराज जोशीलाई कारबाही, आरजु देउवाको स्वार्थमा पुष्करनाथ ओझालाई कारबाही, अरुलाई नसकेर डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गर्ने कार्यको जिम्मेवारीबाट पौडेल मुक्त हुनसक्नु हुन्छ ? सूर्यबहादुर थापाका छोरा सुनील बहादुर थापालाई पार्टी प्रवेश गराउने समारोहमा उपस्थित हुने अनि असन्तुष्टि सार्वजनिक गर्ने कार्यले परिपक्वता देखाउँछ कि कमजोरी ? कि त भन्नसक्नु पर्दथ्यो कि बीपी कोइरालालाई फाँसी दिनुपर्छ भनी निर्णय गराउने सूर्यबहादुर थापाको छोरालाई कांगे्रस प्रवेश गराउन हुँदैन । त्यो पनि भन्न नसक्ने अनि व्यक्तिगत सम्बन्ध पनि कायम राख्ने दोहोरो चरित्रले नेतृत्व क्षमता देखाउँछ कि ह्रास गर्छ ? सूर्यबहादुर थापाको उक्त निर्णयले बीपी कोइरालाको व्यक्तित्वलाई अझ बढी अन्तर्राष्ट्रियकरण मात्र गरेन नेपालमा बीपी नेपाली कांगे्रस र लोकतान्त्रिक शासन व्यवस्थाको पुनस्र्थापनाको मार्गसमेत प्रशस्त गर्दै लगेको इतिहास सुरक्षित छ । निरंकुश स्वेच्छाचारी र गलत निर्णयले शासन व्यवस्थालाई नै बद्नाम गराउँछ भन्ने दृष्टान्तको रुपमा २०४६ सालको परिवर्तनलाई लिन सकिन्छ । पञ्चायतका हर्ताकर्ताको गलत र निरंकुश सोच र व्यवहारका कारण व्यवस्था नै समाप्त हुन गयो, जनताले व्यवस्था नै अस्वीकार गरे ।

स्वार्थ, गुट, उपगुट, गिरोह बनाई त्यस्तै कार्यकर्ता बनाउने प्रयोग गर्ने, बिहान बेलुका धाउनेहरु मात्र पार्टीका इमान्दार कार्यकर्ता ठानिने व्यक्तिवादी चरित्रले नेपालको लोकतन्त्र र लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसलाई असान्दर्भिक बनाउँदैछ, असफल बनाउँदैछ । बेइमान, हप्ता असुल्नेहरु ट्यापे, अरुले परीक्षा दिएर प्रमाणपत्र देखाउने, एक लाइन लेख्न नसक्नेहरुको नेतृत्वलाई स्वीकार गर्नुभन्दा त विद्रोह नै उपयुक्त हुन्छ । असफल र असक्षम व्यक्तिहरुलाई तलदेखि माथिसम्म पार्टीका निकायहरुमा ल्याउने पद्धतिमा सुधार नगरेसम्म नेपाली कांगे्रसको नेतृत्वमा जो आए पनि फरक पर्ने देखिँदैन । देउवा र पौडेल प्रतिस्पर्धाको मैदानमा उत्रिनु हुँदैन भन्ने मत व्यपापक छ । त्यसको उचित मूल्यांकन हुन्छ वा हुँदैन हेर्न बाँकी छ । उनीहरुको विकल्पमा आउनेहरुका बारेमा पनि जानकारहरु सन्तुष्ट छैनन । तर जसलाई थाहा छैन उनीहरु केही समय आशावादी हुनसक्छन् । त्यसका लागि पौडेल र देउवाले पार्टीको बृहत्तर हितका लागि प्रतिस्पर्धामा उत्रदैनौं भन्दा कार्यकर्ताले समानका खातिर दिपावली नै गर्न सक्छन् । तर दिपावलीभन्दा बद्नामी नै स्वीकार्य छ, आउने महाधिवेशनमा प्रतिस्पर्धामा उत्रन्छौं भन्ने मानसिकतामा देउवा र पौडेल दुवै देखिन्छन् । यसले धेरै आशा गर्ने ठाउँ बन्छ जस्तो लाग्दैन ।

स्थानीय राजनीतिबाट माथि उठेका ह्न वा विद्यार्थी राजनीतिबाट आएका नै किन नहुन्, अधिकांश नेता तथा कार्यकर्ताहरु नेताको वरिपरी घुमेर कुनै चुनौति नमोली सत्ता सुविधा र आर्थिक उन्नति गर्न चाहन्छन् । उनीहरुको सोच, चिन्तन र शैली नै त्यस्तै छ । नेतृत्वबाटै त्यही संस्कार र संस्कृतिको विकास भएको छ । पार्टीको पुरानो, इमान्दार, सिद्धान्त र आदर्शप्रति निष्ठान कार्यकर्ताभन्दा दलाल, तस्कर, माफिया, पैसावाल, ठेकेदार र गुण्डानाइके प्रिय छ । पुरानो इमान्दार नेता र कार्यकर्तालाई नेतृत्वमा रहेका व्यक्तिसँग भेटघाट नै कठिन छ तर नयाँ सुकिलामुकिलाहरु सहजै भेटघाट पाउँछन् नियमन्त्रणा नै पाउँछन् । घरमा नित्याएर लन्च र डिनर खुवाउँछन् । आवश्यकता र चाहनाका अन्य बन्दोबस्त मिलाउँछन् । विलासी जीवनका भौतिक सामग्री उपलब्ध गराउँछन् । शक्तिशाली र प्रभावशाली व्यक्तिलाई खर्चवापत बिफ्रकेश पु¥याउँछन् । नेतृत्व त्यही सुविधा सम्पन्न जीवन र सजिलो आम्दानीसँग रमाउँछ । हिसाबकिताब कोसँग मिल्छ, उसैसँग मिलाउँछ । श्रीमान्सँग मिल्छ कि श्रीमतिसँ जोसँगबाट सजिलो हुन्छ, उसैसँग व्यवहार गर्दा आफ्नो स्वार्थ पूरा गर्छ । इमान्दार कार्यकर्ता हेरेको हेरै बस्न बाध्य हुन्छ । टाढा टाढादेखि खाएको कार्यकर्ताले माथि बसेकावा ‘भित्र’ रहेका आफ्ना नेतासँग भेट पाउँदैन, गाडीवाला पैसावाला तस्कर माफिया एकैछिनमा भेटेर फकिन्छ । चिया पसलमा भेटिँदा सन्चो नभएर भेट्न सकिएन भनी आफ्ना नेताप्रति सहानुभूति राखिरहेका कार्यकर्तालाई सगौरव मैले त भेटेर आए, केको विरामी हुनु, भेट्न नचाहेको भनिदिन्छ त्यो दलाल र विचौलियाले । अनि इमान्दार कार्यकर्ताको मन अमिलो हुन्छ । संघर्षका दिनहरु सम्झन्छ, सँगै खाएको, दुःख सुख बाँडेको समय सम्झन्छ र अनि आफ्नो नेता बिग्रिएको महसुस गरी आफ्नो घर फर्कन्छ । त्यसले नै पार्टीको अवस्था दयनिय भएको जनताले विश्वास नगरेको तथ्यलाई नेतृत्वले कहिल्यै महसुस गर्दैन् । नेपाली कांगे्रस यही विडम्बनाका कारण जनताको विश्वास हासिल गर्न असफल भएको हो । विचार जित्ने, सफल हुने तर पार्टी हार्ने र असफल हुने घटना विरलै हुन्छ । वैकल्पिक पार्टी लोकतान्त्रिक होइन, शासनशैलीमा त्यो समस्या देखिएकै छ । अन्तर्राष्ट्रिय समुदाय कम्युनिष्ट पार्टीसँग अझै सशंकित नै छ । यस्तो स्थितिमा नेपाली कांगे्रसले आफूलाई गम्भीर बनाउन नसक्नु दुर्भाग्य नै हो ।

कार्यकर्तालाई दास बनाउन खोज्ने प्रवृत्ति बलशाली बनेको छ । बिहान बेलुका धाओस्, खर्चपानी मागोस्, आफूसँग मात्र इमान्दार बनोस् भन्ने भावना र चाहना प्रवल भएको छ । मूल्यांकन नै त्यही मापदण्डमा आधारित छ, व्यापक प्भाव राख्नेभन्दा आफूसँग आश्रित हुने कार्यकर्ता बनाउँदैछ । भ्रष्ट बनाउन जनताको नजरमा गिराउने काम भएको छ । आम्दानीको स्रोत नै नभएको व्यक्तिको जीवनशैली र खर्च स्थानीय व्यापारी र व्यवसायीकोभन्दा बढी सानदार छ । कहाँबाट आउँछ, घर, गाडी, बैंक मौजदात ? सामान्य घर व्यवहार चलाउन नसकेर खाडी मुलुकमा गएका श्रमिकहरु देशको राजनीतिक अवस्था सन्तोषजनक नदेखेर विदेशिएका विद्यार्थीहरु राजनीतिको नाउमा भएको लुटतन्त्र देखेर दिक्क वाक्क भएका छन् । त्यही किसिमको प्रतिक्रिया सामाजिक सञ्जालमा आउँछ । लोकलाजको कुनै परवाह नै छैन । खुलेआम दादागिरी चलेको छ । कम्तीमा नेपाली कांगे्रसले यस किसिमको विकृति र विसंगतिमाथि बहस चलाउनुपर्ने हो । किन त्यस्तो भयो, विश्वास भत्कियो, आस्था म¥यो ? नेतृत्वका आकांक्षीहरु यसमा छलफल चलाउँदैनन् । नीतिमा छलफल छैन केवल नेतृत्वका लागि हानाथाप छ । नीति बिनाको नेतृत्व देशले खोजेको होइन, सेलिब्रेटी बनाउन चाहेको पनि छैन । देश र जनताप्रति इमान्दार नेतृत्वको आवश्यकता महसुस भएको छ । नेपाली कांगे्रसका नेता तथा कार्यकर्ताले गुट र गिरोहमा सामेल नभइ स्वतन्त्र र निर्भिक भएर नीतिमुखी बहस महाधिवेशनसम्म चलाउनु आवश्यक छ ।

Share
  • 705
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *