आइ लभ यु भन्ने धेरै छन, मलाई खासै छुँएकाे छैन

नेपाली लोकदोहोरी फाँटमा उदीयमान गायिकाको नाम हो स्मृति गौतम । दोहोरी गायनमा चर्चाको शिखर चुम्न सफल गौतमले अहिलेसम्म कुनै इन्सटिच्युट, स्कुलमा गीत-संगीत भने सिकेकी छैनन् । यसरी बिनाकुनै सिकाइ एउटा स्थापित गायिका बन्न सफल गौतम गायन क्षमता, स्वर, सीपलाई ईश्वरीय बरदान ठान्दछिन् । उनै गौतमसँग गरिएको कुराकानी :

गायन क्षेत्रतिर कसरी आकर्षित हुनुभयो ?
म सानैदेखि लोकदोरी गीत सुन्न एकदमै मन पराउँथे । स्कुल पढ्दा पनि नाच्न गाउन रुची राख्थेँ । स्कूलमा हुने सांस्कृतिक कार्यक्रमहरुमा पनि भाग लिन्थे । त्यो हुँदाहुँदै काठे दोकदोहोरी गीतबाट मैले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ ।

गायिका बन्न त संगीत सिक्नुपर्ला नि ?
मैले कुनै पनि संगीत स्कुल, इन्सटिच्युटमा गएर सिकेकी छैन । अहिलेसम्म जे–जति जानेकी छु, त्यो मलाई प्रकृतिले दिएको उपहार हो । त्यहीं प्राकृतिक उपहारबाट नाम र दाम दुवै कमाउन सफल भएकी छु । मेरो स्वर र कला टिपिकल प्राकृतिक हुन् । गाउन सुरु पनि मैले हाम्रो भेकतिर चल्ने टिपिकल काँठे भाकाबाट गरेकी हु ।

कहिलेबाट गायन क्षेत्रलाई व्यवसायिक रुप दिन थाल्नुभयो ?
मैले जब २०६७ सालमा गाउँकै स्कुलबाट एसएलसी दिएँ । त्यसपछि म आफ्नो सांगीतिक करियर अगाडि बढाउने अभिलासा राखेर काठमाडौं छिरेँ । अनि जोरपाटीस्थित सालीनदी दोहोरी साँझबाट मेरो गायन क्षमतालाई व्यवसायिक रुप दिन थाँले ।

दोहोरी साँझमा गायिकाहरुलाई ग्राहकहरुले जिस्क्याउने, ह्यारेस्मेन्ट गर्छन भनिन्छ नि ?
त्यस्ता कुराहरु आपूmमा भरपर्ने हुन् । ‘आफू राम्रो जगतै राम्रो, आफू नराम्रो जगतै नराम्रो’ भन्ने भनाइ छ । त्यस्तै आफू कमजोर भयो भने जुन क्षेत्र पनि महिलाहरुको लागि चुनौतिपूर्ण छ । अझ असुरक्षित छ । त्यसैले पेशा र ठाउँ हेरेर आफै सजग हुनुपर्छ, सबै ठाउँ राम्रो हुन्छ । मैले झन्डै ११ वर्ष भयो दोहोरी साँझमा गाउन थालेको अहिलेसम्म यो क्षेत्रमा लागेर नराम्रो काम गरेँछु भन्ने लागेको छैन । त्यस्ता नराम्रा घटनाहरु काम गर्ने सिलसिलामा भएको छैन । मैले जति दोहोरी साँझमा दोहोरी गाएँ । त्यसमध्ये एउटा मेरो आफ्नै हो । अहिले आफैले जडीबुटीमा सेलुङ्गेश्वर दोहोरी साँझ खोलेकी छु । त्यो खोलेको १५ महिनाजति भयो ।

दोहोरी साँझ त अहिले ठप्प भयो नि ?
अहिले त दोहोरी साँझ मात्रै होइन, सबै क्षेत्र ठप्प छन् । सहज परिस्थिति हुँदा राम्रोसँग चलेको थियो । केही दिन रोकिँदैमा अत्तालिइहाल्नु हुँदैन । परिस्थिति सहज भएपछि चलिहाल्छ । फेरि मैले यो क्षेत्रमा लामो अनुभव बटुलेकाले अत्तालिएकी छैन । व्यवसायमा हात हालिसकेपछि घाटा–नाफ दुवै हुन सक्छ । त्यसलाई सहज रुपमा लिनुपर्छ ।

तपाईले गीतले नाम ‘सम्झना’ किन राख्नुभयो ?
क्षेत्रकै हिसाबमा भन्नुपर्दा काँठ क्षेत्रकै जनजीवनलाई समेटेर निकालेकी छु । म पनि काँठे गायिका नै हो । यो ‘सम्झना’ गीतमा पहिला सानोछँदा गाउँमा एउटा केटासँ प्रेम बसेको, त्यसपछि अर्कै केटासँग विवाह भएको हुन्छ । तीजमा माइत गएको मौकामा पहिलाको प्रेमीलाई भेटेपछि पहिलाको सम्झना सम्बन्ध सम्झन्छन् । यसरी पुरानो सम्बन्धलाई धेरै दिनपछि सम्झना दिलाउने भाव भएकाले यो गीतको नाम सम्झना राखिएको हो ।

अहिलेसम्म आफ्ना गीत पनि गाउनु भयो ?
अहिलेसम्म मैले गाएका गीतहरु दुई सय हाराहारी छन् । त्यसमा मेरो लगानीमा निकालेको २५ वटा जति छन् ।

तपाईंले गीत रचना पनि गर्नुभएको छ ?

मैले अहिलेसम्म लाइभ दोहोरीबाहेक अरुकै शब्द, लय र संगीतमै गाएकी छु । लाइभ दोहोरीमा त तत्काल आफैले शब्द चयन गर्नुपर्छ । त्यसको लागि सिकेर हुँदैन । अरु शब्द सापट लिएर पनि हुँदैन ।

तपाईँलाई नाच्न पनि आउछ ?
त्यस्तो धेरै नाच्ने होइन । साथीभाइले नाचेको देखेरै जानेकी हुँ । फेरि कलाकार त्यसमा पनि गायिका भएपछि सामान्य आइहाल्छ । मेरो नाच पनि प्राकृतिक देन नै हो । जसरी गायन कला र स्वर पाएँकी छु ।

मोडलिंक पनि गर्नुहुन्छ ?
मैले त्यस्तो मोड्लिंक गरेकी छैन । आफ्नो गीतमा शब्दअनुसार अभिनय गरेकी छु ।

गायन क्षेत्रमा आफ्नो भविष्य कस्तो देख्नु हुन्छ ?
मलाई स्मृति गौतम भनेर संसारमा चिनाउने काम गायन क्षेत्रले गरेकाले योबाहेक अरु केही सोचेकी छैन । मलाई कला, गला, समय र स्वास्थ्यले साथ दिँदासम्म सांगीतिक क्षेत्रलाई छोड्ने छैन ।

विवाह गर्नुभयो ?
अहिले करिअर बनाउनमै व्यस्त भएकाले विवाहतिर सोचेकै छैन ।

तपाईंले नसोचेपनि प्रस्ताव त आएको होला नि ?
घरबाट पनि दबाब आइरहेको छ । प्रस्ताव राख्ने पनि धेरै छन् तर आपूmले साचेजस्तो पाइएको छैन ।

कस्तो केटा चाहानु भएको हो ?
मसँग विवाह गर्ने मान्छेले मेरो पेश र मलाई राम्रोसँग बुझेको हुनुपर्छ । किन भने विवाह भनेको जीवन यापन राम्रो बनाउन गर्ने हो । त्यही अभिसाप भयो भने के काम ।

यति राम्री हुनुहुन्छ, कसैले आई लभ यु भनेका छैनन् ?
हामी सेलीब्रेटी भएकाले कसैले आइ लभ यु भनेका होलान् । तर, त्यो कुन सेन्समा भनेका हुन् भन्ने बुझ्नुपर्छ । कसैले गीत, स्वर मन पराएर भनेका हुन्छन, कसैले प्रेम प्रस्ताव पनि राखेको हुन सक्छ । कलाकारलाई यस्ता कुराले खासै छुँदैन ।

Share
  • 291
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *