सहसचिव उपाध्याय १४ लाख घुससहित पक्राउ

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत९सहसचिव० कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो शुक्रवार साँझ काठमाडौँको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाख ४८ हजार सात सय ९६ रुपैयाँमध्ये १ लाख २४ हजार सात सय ५० नगद र बाँकी १३ लाख २४ हजार ४६ रुपैयाँको बैङ्कमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैङ्कमा डिपोजिट गरिसकेको अख्तियारले जनाएको छ ।

श्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले उपाध्याय चढेको बा.२ झ. ४०९९ नम्बरको सरकारी गाडी चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुङा, काठमाडौँमा रोकी चेक जाँच गर्दा रकमसहित पक्राउ परेका हुन् ।

Share
  • 28
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *