लिपुलेक नजिक चिनियाँ सैनिकको उपस्थिति

काठमाडौं । नेपालले हालै नयाँ नक्सामा समेटेको भूभाग लिपुलेक नजिकै चीनले एक बटालियन सैनिक तैनाथ गरेको छ । लिपुलेक नजिकै चीनले सैनिक तैनाथ गरेपछि भिडन्तको स्थिति सिर्जना हुने हो कि भनेर त्यस क्षेत्रमा त्रास फैलिएको छ । भारतीय सञ्चारमाध्यम हिन्दूस्थान टाइम्सका अनुसार नेपालले छिमेकी मुलुक चीनसँग मिलेर कुनै रणनीतिक चाल त चालिरहेको छैन भनेर आशंकासमेत भारतले गरेको छ ।

समाचारमा भनिएको छ, चीनले लद्दाखपछि लिपुलेकमा सैनिक तैनाथ गरेको छ । चीनले एक बटालियन अर्थात् एक हजार सैनिक जवान लिपुलेक नजिक तैनाथ गरेको छ । त्यस क्षेत्रमा यसअघि नै भारतले सैनिक उपस्थिति जनाइसकेको छ ।

भारत र चीनबीच झन्डै तीन महिनायता लद्दाखमा तनाब चलिरहेको छ । ४५ वर्षपछि गत जुन १५ मा लद्दाखको सीमा क्षेत्रमा दुई देशबीच हिंसा भएको थियो । उक्त हिंसामा परी २० भारतीय सैनिकको निधन भएको थियो । लद्दाखमा विस्तारै दुवै देशका सैनिक पछि हटे पनि अबको भिडन्त लिपुलेकमा हुने अनुमान गरिएको छ । यसको प्रमाण चिनियाँ सैनिक अर्थात् पिएलए लिपुलेक क्षेत्रमा देखापर्नु हो ।

Share
  • 637
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *