धनगढीबाट बझाङतर्फ जादै गरेकाे माइक्रो दुर्घटना,१७ यात्रु घाइते   

डडेल्धुरा ।  डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार माइक्रोमा रहेका १७ घाइते भएका छन् । गाडी चालक कैलालीको गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् । फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Share
  • 15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *