आइतबार २४६ जनामा कोरोना पुष्टि, १११ जना डिस्चार्ज

काठमाडौं। आइतबार २४६ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा १११ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ जना छन । कुल स‌ंक्रमितकाे स‌ंख्या २० हजार ३ सय ३२ पुगेकाे ५ छ ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७२ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा १० हजार ९ सय ३४ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ८ सय ६१ जनको पीसीआर परिक्ष गरिएको जनाइएको छ । नेपालमा ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
भोजपुर,संखुवासभा, रसुवा,मनाङ, मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । रौतहट र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।

आज पर्साकी ६८ वर्षीय महिलाको कोरोनाका कारण निधन भएको पुष्टि भएसंगै मृतकको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नम्बर १ मा २५१, प्रदेश नम्बर २ मा २१७५, बागमतीमा ६०६, गण्डकीमा २८७, प्रदेश नम्बर ३९६, कर्णाली प्रदेशमा २९३ र सुदुरपश्चिम प्रदेशमा १६६४ सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share
  • 212
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *