बालुवाटारमा कुरा नमिलेपछि प्रचण्डले खुमलटारमा बोलाए नेकपाका चार शीर्ष नेता

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल बिना निश्कर्ष टुंगिएको छ । बालुवाटर बैठकबाट निस्किएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा माधव नेपाल, झलनाथ खानल र नारायणकाजी श्रेष्ठसंग परामर्श गरिरहेका छन । बालुवाटारमा केपी शर्मा ओलीसंग चर्काचर्की परेपछि प्रचण्डले आन्तरिक रणनीति तय गर्न ४ शीर्ष नेतालाई बोलाएको श्रोतले बतायो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच तीन घण्टा भएको छलफल विना निष्कर्ष टुंगिएपछि नेकपा भित्रको विवादले तत्काल निकास पाउने छाटकाठट छैन । आइतबारको छलफलमा ओली र दहालसंग बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलको उपनेत सुवासचन्द्र नेम्वाङ् सहभागी थिए । आजको तलछफलले दुई अध्यक्षबीचको एकताको पर्खाइमा रहेका कार्यकर्तामा झन नैराश्यता पैदा गरेको छ ।

Share
  • 482
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *