फिचर

स्वर्गको टुक्रा घान्द्रुक

गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा पर्ने पोखरा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थल हो । यहाँको प्राकृतिक सम्पदालाई स्पर्श गर्न स्वदेश तथा विदेशका पर्यटकहरूको लर्को लाग्ने गर्छ । पोखराको मनमोहक दृश्य अवलोकन गर्न र त्यसको आनन्द लिन म धेरै पटक पोखरा पुगेको छु । पोखरा जाने धित कहिल्यै पनि मर्दैन । यसपालि पोखरा जाँदा प्रसिद्ध पर्यटकीय स्थल घान्द्रुक जाने मन लागेर आयो । सहयात्री साथी सुरजकुमार श्रेष्ठले भने, “जाऊँ न त घुमेर आऊँ यहाँसम्म आएको बेला । फेरि कहिले जाने मौका जुर्ला र ।” सुरजको कुरा मनासिव थियो । शुभ कार्यमा ढिला किन गर्ने भनेर हामी पोखराबाट लाग्यौँ घान्दु्रकतर्फ, जीपमार्फत । घान्द्रुक कस्तो होला भन्ने कौतुहलताले मनमा पहिल्यैदेखि घर जमाइराखेको थियो । बाटामा देखिने विभिन्न सुन्दर र मनमोहक दृश्यहरूका तस्बिर लिँदै हामी अगाडि बढ्यौँ ।

नेपालको सबैभन्दा धेरै ट्रेकिङ गरिने ठाउँ घान्द्रुक हिमालको मुख्य द्वारको रूपमा परिचित छ । घान्द्रुकलाई आर्थिक विकासको मेरूदण्डको रूपमा लिँइदै आइएको छ । घान्द्रुकका मेश्रामबराह, तौजीबराह, पोच बराह, नेबवराह, कोटडाँडा, गुम्बा, डयोबराह ताल आदि मुख्य पर्यटकीय स्थलहरू हुन् । उत्तरमा अन्नपूर्ण हिमाल, दक्षिणमा सादिखोला, पूर्वमा मोदी खोला र पश्चिममा म्याग्दी जिल्लाको बीचमा घान्द्रुक अवस्थित छ । गुरूङ जातिको बाहुल्य रहेको हुँदा घान्दु्रकलाई गुरूङ भाषामा ‘कोन्ड’ भनिँदो रहेछ । छ सय सात घर रहेकोल घान्द्रुकलाई सात सय गाउँ पनि भनिदो रहेछ । कोटगाउँ, तल्लो गाउँ, माझ गाउँ, क्याउथार र बरामथार जस्ता नामहरू छन् गाउँका । यहाँका युवावर्गको आकर्षण विशेष गरी ब्रिट्रिस सेनामा रहेको पाइन्छ ।

पोखराबाट पश्चिम ७० कि.मी को दूरीमा घान्द्रुक पुगिँदो रहेछ । पोखरा बसपार्कबाट नयाँ पुलसम्म गाडीद्वारा र डेढ घण्टा पैदल हिडेँपछि घान्द्रुक पुगिन्छ । भुइँमा ढुङ्गा बिच्छ्याइएको हुँदा पैदल यात्राम सहज लाग्छ । उकालो यात्रा चराचुरूङ्गीको आवाज र हरियाली वनजङ्गलका दृश्यले मनलाई आनन्द तुल्याइदिन्छ । बिहानदेखि बेलुकीसम्म विदेशी र स्वदेशी पर्यटकहरूको घुइँचो लाग्छ । बाटोमा खच्चडलाई भारी बोकाएको दृश्य पनि देखियो । हिँड्ने बाटोको दायाँ अर्थात् भीरमा फलामको रेलिङ हालिएको रहेछ । जसले दुर्घटना हुनबाट बचाउँछ ।

ठाउँठाउँमा पर्यटकहरूलाई पुग्नु पर्ने ठाउँका बारेमा सूचित हुन सजिलो होस् भनेर साइनबोर्ड राखिएको रहेछ । बाटामा खोलाहरू भेटिन्छन् । खोलामाथि टाँगिएको फड्के सानो हुँनाले हिँड्न कठिन हुने रहेछ । बाटामा आकर्षक झरनाहरू पनि देखिन्छन् । कुनै साना कुनै ठूला । दूधजस्तै सेताम्मे झरिरहेका । झरनाको पानीबाट घट्टहरू चलाएको देखियो । नजिकै देखिने ठूलठूला पहाडमा कुहिरोको लुकामारी झनै राम्रो । करिब आधा घण्टाको पैदल यात्रापछि शरीर नै हल्का भएको महसुस हुँदो रहेछ । घान्द्रुकको उकालो लाग्दा मोदीपारिको लान्द्रुक गाउँ नमूना बस्ती जस्तो देखिन्छ । हरियाली वातावणले सजिसजावट भएको । अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे हिमालको काखमा रहेको घान्द्रुक सात गाउँ मिली बनेको छ । समुन्द्री सतहबाट ११५० मिटरको उचाइमा रहेको घान्दु्रक २९६.५० वर्ग कि.मी. रहेको छ भने ८०९ रोपनी क्षेत्रफलमा फैलिएको छ । विशेष गरेर पुस र माघ महिनामा सेताम्मे हिउँ पर्छ यहाँ । पूर्वमा मोदी खोला र लान्द्रुक भिचोकजस्ता गाउँहरू घान्द्रुकका छिमेकी हुन् । लान्द्रुक गाउँ पनि आकर्षक देखिन्छ । १६१० मिटरको उचाइमा रहेको लान्द्रुकमा हामीले करिब बीस मिनेट जति आराम ग¥यौँ । लान्द्रुकको भूगोल स–साना खेतबारी र जङ्गलले ढाकेको छ । लान्द्रुकदेखि काठको पुल तर्दै उकालो बाटोमा थकाइ मार्दै यात्रालाई अगाडि बढायौँ ।
घान्द्रुक क्षेत्रमा घर र बाटाहरू ढुङ्गा कुदेर प्रयोग गरिएको हुँदा कलात्मक देखिन्छ । ग्रामीण सडक निर्माणले गर्दा हिँड्न सहज तुल्याएको छ । घान्दु्रक गाउँबस्ती नजिक बाक्लो बनजङ्गलको दृश्य देखिन्छ । लालीगुराँस, चम्फा, सुनगाभाजस्ता रङ्गीचङ्गी फुल फुलेको मोहक दृश्यले मनलाई नै प्रफुल्ल बनाइदिन्छ । घान्द्रुकको सुन्दर दृश्यले सबैको मन खिच्दछ । घान्द्रुकको मूर्त चित्र बनाउनका लागि चित्रकारहरूका लागि वरदान सावित भएको छ । हिमाल, खोलानाला, झरना, माने, गाउँबस्ती, पहिरन , वनजङ्गल, चराचुरूङ्गी, गाइबस्तुजस्ता दृश्यहरूको अबलोकन गर्दै चित्रकारहरू रङ पोतेर तस्बिर कोर्ने गर्दछन् । हामी गएकै अवसरमा घान्द्रुकमा देशी तथा विदेशी ख्यातिप्राप्त चित्रकारहरूको कार्यशाला गोष्ठी चलिरहेको रहेछ । घान्द्रुकका चित्रहरू देश तथा विदेशमा मनग्यै बिक्री हुने गरेको सुनियो । घान्द्रुकका सुविधा सम्पन्न होटलहरूमा पनि घान्द्रुकवरिपरिका आकर्षक चित्रहरू झुण्ड्याएको पाइयो ।
घान्द्रुकमा पर्यटकका लागि सुविधा सम्पन्न होटल तथा गेष्टहाउस खोलिएका छन् । बास बस्नका लागि समस्या छैन । पर्यटकहरूको चाहना अनुसारका खानेकुरा खान पाइइन्छ । होमस्टेको पनि सुविधा छ । बिजुली, पानी, बाटोघाटो, सञ्चार आदिको सुविधा छ । नेपालमा आउने पर्यटकमध्ये ७५ प्रतिशत घान्द्रुक पुग्ने गर्दछन् । घान्द्रुकका गाउँबस्ती सफासुग्घर र रङ्गीचङ्गी फूलहरूले सज्जित छन् । घान्द्रुकलाई पहाडकी रानी भनेर पनि चिनिन्छ । खानपिन र बसोबास गर्दा लाग्ने खर्च खासै त्यस्तो महङ्गो लागेन । गाउँभरि नै मूल्यसूची राखिएको हुन्छ । आफ्नो हैसियतअनुसार बसोबास र खानपानको लागि खर्च गर्न सकिन्छ । होटलको तुलनामा होम स्टेमा खर्च अलि कम लाग्ने रहेछ । ढुङ्गा, माटो र काठद्वारा निर्मित घरहरू पुरानै शैलीका छन् । छाना ढुङ्गाद्वारा निर्मित स्लेटको । झ्याल–ढोकामा कालो रङ लगाइएको र भित्तामा सेतो रङ पोतिएको पाइन्छ । सबै पाहुनाघरमा सरसफाई र अतिथि सत्कारलाई भुल्न सकिदैन ।

दिउँसोको खाजा–नास्ता गरेपछि हामी निस्क्याैँ गाउँबस्ती घुम्न । घान्द्रुकका गाउँबस्तीमा धेरै घर । उस्तैउस्तै लाग्ने घर । घरैपिच्छे गल्लीगल्छेडा । शीरको गल्लीको बाटोबाट गाउँ पस्याैँ । घरका आँगन फराकिला सफासुग्घर । रङ्गीचङ्गी फूलका गमलाहरू आँगनमा लामबद्ध गरेर राखिएका । प्रायः जसो घरमा होटेल तथा गेष्ट हाउस सञ्चालित छन् । विदेशी पर्यटकहरू बियरका चुस्कीसँगै होटलहरूमा आनन्द मानिरहेका देखिन्छन् । हामीले पनि एक÷एक बोतल वियर पियौँ । होटलवालाको अतिथि सत्कारले आत्मीयता जोड्यो । पुनः गाउँबस्ती घुम्यौ । लामबद्ध रहेका घर, सबैतिर घुम्यौँ । फर्किने बेलामा बाटो भुलेपछि सोध्दै होटल फर्कियौँ ।
सुन्दर बाटोमा हिँडिरहँदा चर्चित गायक तिलकबम मल्लले गाएको गीत अनायासै स्मरणमा आयो-

हेर्दा राम्रो घान्द्रुके गाउँ छ
बस्ने भए मायालु दिलमा ठाउँ छ ।

साँच्चै घान्द्रुकका गाउँघरमा आत्मीयता पाइन्छ । न्यानो आतिथ्य र सत्कार पाइन्छ । पानीको प्रसस्त सुविधा रहेछ त्यहाँ । लघु जलद्यिुत आयोजना पनि प्र्रशस्त निर्माण भई प्रर्याप्त मात्रामा बिजुली उत्पादन गरिरहेको घान्द्रुकले । प्रथम लघु जलविद्युत भुग्र्यु खोलाबाट ५०-५० वाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिएको रहेछ । त्यस्तै मोदी खोला जलविद्युत आयोजनाको लागि घान्द्रुकमा पनि बिजुली निकाल्ने प्रयासमा रहेछ । चौबीसै घण्टा बिजुली र इन्टरनेटको सुविधा रहेछ घान्द्रुकमा ।

घान्द्रुकमा घुमफिर गर्दैै सामान्य जानकारी लिँदालिँदै साँझ पर्न लाग्यो । बास बस्न ओल्ड भिलेज इनमा गयाँै । रिसेप्सनमा साहुजी आफै बसेका रहेछन्, अमृत तमू । कोठा बुक गर्याै । बेलुकालाई खाना पनि अर्डर गर्यौँ । साहुजीले भने, ‘आज राति हाम्रो होटेलमा सांस्कृतिक कार्यक्रम हुँदैछ । सहभागी हुनु होला है ।’ घान्द्रुकमा परम्परागत सांस्कृतिक कार्यक्रम हेर्न पाइने कुराले खुसी तुल्यायो ।

कोठामा पस्यौँ, अनुहार, हात र खुट्टा धोएर फ्रेस भयाैँ अनि बजार घुम्न निस्कियाैँ । रात परेको छ तर झिलिमिली उज्यालो छ । ठमेलजस्तै लाग्यो मलाई झिलिमिली र विदेशी पर्यटकहरूको जमघट । शान्त वातावरण छ । प्रशन्न छन् छन् पर्यटकहरू । बजार चाहार्ने व्रmममा भोक लागेको महसुस भयो । भीरजस्तो ठाउँमा रहेको एउटा होटलघरमा खाजा खायौँ । चिउरा, भटमास, बोइलर कुखुराको मासु र कोदोको लोकल रक्सी । खासै महङ्गो रहेन छ । हामीले शेयर गरेर तिर्यौँ । आँगनमा बेतबाँसबाट निर्मित टेबल–कुर्सीमा आराम गरी बस्याैँ । होटलवालाले गरेको सत्कारप्रति हामी नतमस्तक भयौँ । हाम्रो छेउमा विदेशी नागरिक पनि आराम गर्दै खाजा खाइरहेका थिए । साहुजीले अङ्ग्रेजी भाषा स्पष्टसँग बोल्नु हुँदो रहेछ । ती अतिथि पर्यटकहरू गएपछि हामीले साहुजीलाई सोध्यौँ, ‘कति पढ्नु भएको छ ? राम्रोसँग अङ्ग्रेजी बोल्नु हुँदोरहेछ ।’ ‘कहाँ पढ्नु सर, स्कूलको मुखै देखेको छैन । विदेशीहरूसँग बोल्ने व्रmममा अङ्ग्रेजी बोल्न सिकेको हो ।’ साहुजीले हाँस्दै भने । हामी छक्क प¥यौँ । किनकि उच्च शिक्षा हासिल गरेका हामीलाई स्पष्टसँग अङ्ग्रेजी बोल्न आउदैन । छोटो बसाई बिट मार्दै साहुजीसँग विदा मागेर हामी बासस्थानमा आउँदा खाना खाने कार्यव्रmम शुरू भइसकेको छ । हामीले पनि खाना खायाँै । हाम्रो खाना अर्डर थियो । मकैको ढिँडो, लोकल कुखुराको मासु, दाल, तरकारी, साग र अचार आदि ।

सांस्कृतिक कार्यव्रmममा सहभागिता जनाउनु नै छ । ड्रेस चेन्ज गरेर आउन हामी सुत्ने कोठातिर लाग्यौँ । एकै छिनको विश्रामपछि सरिक भयौँ नाचगानमा । मादल र खैँजडीको तालमा नाचगान सुरू भयो । कलाकार गुरूङ जातिको पहिरनमा थिए । गीत र नृत्य सुरु भयो :
मोदी खोला हिमालको काखैमा
मोटर आयो घान्द्रुक गाउँ पाखैमा ।

हाँस्यो हिमाल घान्द्रुकको शीरमाथि
गुड्यो मोटर चाँदीको भीरमाथि ।

सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो
अहिले पो बुढा भयो र !

रातको ११ बजेसम्म नाच्ने–गाउने र स्वर मिलाउँदै थप्पडी बजाउँदै समय बितेको पत्तै भएन । त्यसपछि हामी निद्रादेवीको काखमा लुटपिटिन लाग्यौँ आ–आफ्नो ओछ्यानमा । दिनभरिको हिँडाइ र नचाइले गर्दा थकित भएछाैँ । ब्युँझिदा बिहान आठ बजेको थियो । बिहानीको नित्यकर्म सकी हामी चिया–नास्ता गरेर पुनः गाउँको अवलोकनमा निस्कियौँ ।

घान्द्रुकस्थित म्रम्चु बाह्रघर गाउँमा चिया खेती गरिएको रहेछ । र त्यहाँको चिया गाउँघरमै खपत हुँदो रहेछ । इलामको चियावारीको झल्को आयो । घान्द्रुकबासीको मुख्य आम्दानीको स्रोत भनेको नै पर्यटन हो । घान्द्रुकमा मगर, क्षेत्री, दमाई, सार्की अलिअलि र गुरूङ जातिको सघन बसोबास छ । घान्द्रुकमा गुरूङ सङ्ग्रहालय रहेछ । गुरूङ जातिको जन्मदेखि मृत्युसम्म प्रयोग गरिने सामाग्री प्रदर्शनमा राखिएको छ । दुई तलेको सङ्ग्रहालयको बनोट ढुङ्गा, माटो र काठले बनेको छ । भवनमा प्रयोग भएका झ्यालढोका पनि कलात्मक देखिन्छ । सङ्ग्रालयको अगाडि आकर्षक रङ्गीचङ्गी फूलले झनै आकर्षण बढाएको छ । पर्यटकहरूका लागि गुरूङ पोशाक लगाएर फोटो खिच्ने व्यवस्था समेत गरेको रहेछ । पोशाक प्रयोग गरे वापत थोरै शुल्क लिने व्यवस्था रहेछ ।

घान्द्रुक गाउँबस्तीलाई व्यवस्थित बनाउने जिम्मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको रहेछ । टोल–टोलमा आमा समूहका साथै युवा क्लब गठन गरिएको रहेछ । पाहुनालाई स्वागत–सत्कारका साथै गुरूङ जातीय संस्कृति देखाएर रकम सङ्कलन गरी संस्थामा जम्मा गर्ने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने रहेछ ।

मानवशास्त्रीय अध्ययनमा बढी रूचि राख्ने भएकोले मलाई गुरूङ जातिका बारेमा जानकारी लिन इच्छुक भएँ । स्थानीय बुढापाका गुरूङहरूसँग भलाकुसारी गर्ने अवसर मिल्यो । घान्द्रुक कास्की जिल्लाको भूभागको हिसावले दक्षिण दिशा तर्फ पर्दछ । समग्र घान्द्रुक मात्र होइन गुरूङको बसोबास क्षेत्र दक्षिण नै पर्दो रहेछ । घान्द्रुकमा बस्दै आएका गुरूङहरूको पुर्खा सिकलेस, गोर्खा र लमजुङबाट आएका रहेछन् । गुरूङहरू घान्द्रुकमा २६ औँ पुस्तामा पुगेका स्थानीय भनाई सुनियो । गुरूङ जाति मङ्गोलीयन हुन् । भुटानबाट नेपाल आएको बताइन्छ । ल्होसार, माँङी त्ह्ये, खे कु त्ह्ये, ट्हो ख्यादो त्ह्येजस्ता चाडपर्वहरू मान्दै आएका छन् यहाँका गुरूङहरूले । स्थानीयसँग वातचित गर्दा गुरूङ जातिको उत्पत्ति, इतिहासको बारेमा थाहा रहेन छ । उनीहरूको सामाजिक संस्कार जस्तै जन्म, विवाह र मृत्युको बारेमा जानकारी लिन भने पाइयो ।

घान्द्रुकबासीले बराहलाई पुज्ने गर्दछन् । पायक पर्ने ठाउँमा बराह थान स्थापना गरिएको हुन्छ । बराहका सामूहिक रूपमा दर्शन गर्छन् । त्यस्तै बौद्ध धर्म मान्नेहरूले आफ्नो निजी लगानीमा गुम्बाहरू बनाउँछन् । घान्द्रुक गाउँ नजिकैको उच्च डाँडामा बिहानी पख सूर्योदयका दृश्य हेर्नका लागि मान्छेहरूको घुँइचो लाग्दो रहेछ । हामी पनि त्यहाँ पुग्ने निधो ग¥याँै । जाडो महिना भएको हुँदा बिहान पाँच बजे उठ्न धेरै गाह्राे भयो । बाक्लो कपडा पहिरिएर निस्क्यिौँ सूर्योदयको स्पर्श चुम्न । उकालैउकालो पैदल यात्रा गर्र्दा थकित भयौँ । बाटोमा यात्रीहरू फाटफुट रूपमा भेटिए । पसिनाले निथ्रुक्क भिजेको छ शरीर तर पनि बिस्तारै यात्रालाई गति दिएका छौँ । हरियाली दृश्य र चराचुरूङ्गीको चिरबिर आवाजले मन आनन्द भयो । एक घण्टा हिँडेपछि बल्ल आइपुग्यो गन्तव्य स्थल अर्थात् सूर्योदय अवलोकन स्थल । । हामीभन्दा पहिले नै मान्छेहरूको जमघट भइसकेको रहेछ ।

सूर्योदयको आकर्षक दृश्य हेर्न आतुर थिए यी नयनहरू । पल्लो डाँडाबाट घामको रातो उज्यालो देखियो बिस्तारै । मलाई दार्जिलिङको यात्राको झझल्को आयो । आकर्षक देखियो सूर्यको उदय । फोटो खिचियो । डाँडाबाट छिचोली सूर्य माथि आउँदा घामको प्रकाश दायाँ–बायाँ छरियो । १६ वटा हिमाली श्रृंखला देखिने यहाँबाट सूर्यको किरण सबैभन्दा पहिले अन्नपूर्ण हिमालमा ठोकिँदा अत्यन्त आकर्षक घामको किरण फिजिएको देखिन्छ । रमिता हेर्दा चार घण्टा बितेको पत्तो नै भएन ।

घान्द्रुकबाट अन्नपूर्ण बेसक्याम्प र पुनहील गइन्छ । पुनहिल– घान्द्रुक पदमार्ग विश्वकै ख्याति प्राप्त यात्रा मानिन्छ । बाटोमा गुराँसको बाक्लो जङ्गल छ । चैत बैशाखको महिनामा १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । गुराँस फुलेको बेलामा जङ्गलै राताम्य देखिन्छ । विदेशीहरूका लागि जैविक अनुसन्धानका लागि आकर्षक गन्तव्य स्थल बन्न गएको छ । यो पदयात्रा गर्न विरेठारीबाट सुरू हुन्छ र अन्नपूर्ण आधार शिविरबाट पाँच दिन लाग्दो रहेछ । पुनहीलमा पुग्ने पर्यटकहरूको चहल पहल राम्रै बढेको देखिन्छ । नजिकबाट हिमाली दृश्य स्पर्श गरेको अनुभूति गर्न पाइने रहेछ । जता हेर्यो त्यतै रमाइलो । बिछट्टै प्राकृतिक सुन्दर दृश्यले गर्दा त्यही बसिरहूँ जस्तो लाग्ने । स्वर्गको एक टुव्रmा जस्तै लाग्ने ठाउँ । पर्यटकहरू पदयात्राको अलवा हेलिकप्टरबाट पनि पुग्दा रहेछन् । हेलिकप्टर ओहारो दोहोर गर्दाले ध्वनि प्रदुषण भएको खल्लो अनुभूति हुँदो रहेछ ।

घान्द्रुकका विभिन्न स्थानको अवलोकनलाई विट मार्दै हामी मनभरि आनन्द लिएर साँझपख बासस्थानतर्फ आयाँै । र बेलुकाको खाना खाएर कोठातिर लाग्याँै आरम गर्न । दिनभरिको घुमफिरको थकाइले गर्दा ओछ्यानमा पल्टनासाथ भुसुक्कै निदाएछौँ । यसरी घान्द्रुकमा तीन दिनको बसेर हामी तेस्रो दिन बिहानको चिया–नास्ता गरेर घान्द्रुकबाट बिदा भयौँ, जिपबाट पोखरातर्फ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट