रिबन

अहिले करियर बनाउ व्यस्त छु,विवाहबारे सोचेकै छैन

कर्णप्रिय स्वरले भरिपूर्ण उदीयमान गायिका हुन् एलिना चौहान । झापाको विर्तामोडमा जन्मिएकी उनी गायकीमा शब्द छनोटलाई अत्यन्तै ख्याल राख्छिन् । नेपाली संगीत फाँटमा चर्चाको शिखर चुम्न सफल उनै चर्चित गायिका एलिनासँग संकल्प खबरका लागि कालिका महतले गरेको कुराकानी : 

तपाईंको जन्म, पठपाठन कहाँ भयो ?
झापाको बिर्ताडेमा जन्मिएकी हुँ । स्कुलदेखि कलेजसम्मको पढाइपनि झापामै भयो । अहिले त्यहीं ब्याचलर दोस्रो वर्षमा पढ्दै छु ।

गायनतिर कसरी आकर्षित हुनुभयो ?
स्कुल पढ्दा नाच्न औधी पराउँथे । अरुका गीत सुनेर आफै गाउँथे । मोबाइलमा रेकर्ड गरेर साथीहरुलाई सुनाउन्थे । उनीहरुले स्वर राम्रो छ भनेर हौस्याउँथे । कतिले त यो गीत गाइदेउ भनेर अफर गर्थे । यसैगरी यो क्षेत्रतिर आकर्षण बढ्दै गयो ।

मोफसलमा यति चर्चिात गायिका बन्न कसरी सम्भव भयो ?
कभर गीतहरु त मैले सबै उहीँबाट गरेको हो । अरु पनि उतैबाट गर्छु भन्ने थियो । अलि सम्भव नहुने रहेछ । बाहिर काठमाडौंको जस्तो राम्रो स्टुडियो हुँदैन । त्यसैले अलि माझिन काठमाडौं आएकी हुँ ।

जागिर, पढाइ अनि गायन कसरी सम्भव भयो ?
इच्छाशक्ति भएपछि समय आफै मिल्दै जान्छ । सबैभन्दा अमूल्य भनेको समय हो । त्यसको ख्याल गर्नुपर्छ नसकिने केही छैन ।

संगीत चाहीं कहाँ सिक्नुभयो ?
मैले अहिलेसम्म खासै संगीत सिकेको छैन । भर्खर काठमाडौं आएर सुरु गरेकी थिएँ । कोरोनाको कारणले त्यो पनि बन्द भयो । झापामै १२ को जाँच दिएपछि म स्कुल पढाउँथे । बेलुकाको समय संगीत सिक्न जान्थे । दिनभर स्कुलमा कराएर पढाउनुपर्ने अनि संगीत सिक्न एकदमै गाह्रो हुन्थ्यो ।

गायनलाई व्यवसायिक रुप दिएको कति भयो ?
पहिला त मैले व्यवसायिक गायिका बन्छु भनेर सोचेकी पनि थिइँन । कभर गीता गाउँदागाउँदै सबैतिरबाट प्रसंसा र मायाको वर्षा भयो । त्यसबाट पुलकित भएर गाउन सक्छु भन्ने आँट आयो ।

बिनासिकाइ एकैचोटी स्टुडियोमा छिर्दा कस्तो लाग्यो ?
मलाई स्टुडियोभित्र छिर्दा सिर्फ गाउन आउँथ्यो । नोट, सुर, ताल केही थाहा थिएन । जब त्यहाँ छिरेपछि थाहा भयो । गाउन नोट, सुर, ताल चाहिने रहेछ भनेर, अनि सिक्न थालेँ । जागिर र पढाइले त्यतिराम्रो सिक्न पाइँन ।

अहिलेसम्म कतिजति गीत गाउनुभयो ?
ठ्याक्कै यतिवटा भनेर गनेको त छैन । त्यस्तै ५५ देखि ६० को हाराहारी भए होलान् ।

आफ्नै लगानीमा गीत निकाल्नुभयो ?
मैले आफ्नो लगानीमा त गीतै निकालेकी थिइंन । कभर गीत निकाल्न स्टुडियोका दाइले अवसर दिनुभयो । मेरो युटूब च्यानल थियो, त्यसमा भ्युअर्स राम्रो बढेको थियो । अहिले ‘पानी पधेँरो र मेरो परान’ दुईवटा गीत निकालेकी छु ।

पानी पधेँरो दुई टुक्का गाइदिनुस् न ?
यो गीत दोहोरीमा छ ।
केटा : सुन्य लाग्छन् ती रानी पाखा,
तिमीलाई बोलाउँछन् ती आँखा,
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा.।
केटी : नदीलाई किन’र साटिन्छ,
तिमी टाढा हुँदा मन आतिन्छ,
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा…।

केटा : खुन छैन मदन र मुना भैंm,
नपरोस् है सम्झेर रुनलाई
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा…।
केटी : बरु मेरो परानै जाओस्
छुट्नुपर्ने दिन कहिल्यै नओस्…
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा…।

‘पानी पधेँरो’ गीत आएको कति भयो ?
यो गीत निकालेको एक हप्ता भयो । ९ लाख १२ हजार भ्युअर्स भइसकेको छ ।

भविष्यको पेशा यसैलाई बनाउनुहुन्छ ?
यहीं पेशा अँगाल्छु भनेर काठमाडौं छिरेकी हुँ । मेरो स्वास्थ्य र स्वरले साथ दिँदासम्म छोड्दिन ।

तपाई शब्द चयन कस्ता व्यक्तिसँग बसेर गर्नुहुन्छ ?
म शब्दहरु धेरै छान्छु । आफूभन्दा अग्रजसँग बसेर पनि छनोट गर्छु । सहपाठीहरुसँग पनि एकदमै छलफल गरेर शब्द केलाउने गर्दछु । किन भने संगीतमा गायकीले मात्रै पुग्दैन, अर्थपूर्ण शब्दले शृंगारिएको हुनुपर्छ । त्यही भएकाले मेरा गीत सबैले मन पराउनुहुन्छ ।

कमाइ त राम्रो होला नि ?
अहिले सबैजना समस्या हुनुहुन्छ । त्यस्तो धेरै कमाइ हुँदैन, बाँच्नलाई गाह्रो छैन ।

अरुका गीत गाइदिँदा कति पारिश्रमिक लिनुहुन्छ ?
मेरो अहिलेसम्म फिक्स रेट छैन । रेट फिक्स गर्ने बेला पनि भएको छैन । अहिले पैसाभन्दा पनि राम्रो काम गर्न पाएकोमा खुसी छु ।

गाएकामध्ये सबैभन्दा मन परेको कुन गीत हो ?
मैले भन्दा पनि दर्शक, स्रोताको छनोट गर्ने काम । मलाई त सबै राम्रो लाग्छ, सबैमा उत्तिकै मेहनत गरेको हुन्छ ।

मोड्लिंक पनि गर्नुहुन्छ ?
मेरो आफ्नै गीत ‘मिनिरल वाटर’ मा गरेकी छु । छोडेर नजाउ, यो मनभित्र लगायत आफ्ना गीतमा अभिनय गरेकी छु ।

विवाह गर्नुभयो ?
अहिले करियर बनाउने बेला हो, विवाहतिर सोचेकै छैन ।

प्रेम प्रस्ताव राख्नेहरु त आएका होलान् नि ?
मनमनै राख्नेहरु होलान् । मैले थाहा पाउनेगरी अगाडि आउने आँट गरेका छैनन् । फेसबुकमा आएका अफरलाई ध्यान दिइन्न ।

अहिलेसम्म कसैले आईलभ यु भन्न सकेका छैनन त ?
त्यसरी ‘आईलभ यु’ भनेर देखिनेगरी आएका छैनन् । त्यस्तो प्रस्ताव आएपनि राम्रै मुखले भन्दिन्छु ‘मेरो अहिले विवाह सोच छैन’ भनेर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट