मेरो कला ईश्वरीय बरदान हो

दैलेखमा जन्मिएकी सञ्चिता शाही नेपाली संगीत फाँटकी चर्तित र स्थापित मोडल हुन् । सौन्दर्य र अभिनय क्षमताले भरिपूर्ण शाहीले झन्डै तीन सय म्युजिक भिडियोमा भूमिका निर्वाह गरिसकेकी छन् । उनी आफ्नो अभियन क्षमतालाई ईश्वरीय बरदान ठान्दछिन् । उनै शाहीसँग संकल्प खबरका लागि कालिका महतले गरेको कुराकानी :

तपाईंको जन्म र पठनपाठ कहाँ हो ?
म दैलेखमा जन्मिएकी हुँ । मेरो स्कुले पढाइ दैलेखबाटै सम्पन्न भयो । त्यसपछि कलेज पढ्न सूर्खेत झरेँ ।

अभिनय कला कहाँ सिक्नुभयो ?
मैले अभिनय कला कहीं गएर सिकेकी होइन ।

नसिकीकन यति चर्चित मोडल बन्नुभयो ?
मैले जे–जति अभिनय कला जानेकी छु । त्यो कुनै इन्टिच्युटमा गएर कसैलाई गुरु थापेर सिकेकी होइन । मेरो कला ईश्वरीय बरदान हो ।


अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गरिसक्नुभयो ?
मैले अभिनय गरेका म्युजिक भिडियो र मुभीहरु झन्डै तीन सय हाराहारी छन् ।

यो क्षेत्रमा प्रवेश केबाट गर्नुभयो ?
म यो क्षेत्रमा म्युजिक भिडियोबाट छिरेकी हुँ । त्यो आधुनिक गीत थियो । मौसम गुरुङसँग खेलकी थिएँ ।
त्यो भिडियोमा खेलिसकेपछि त्यत्तिकै काम पाउन थाल्नुभयो ?
पहिलो म्युजिक भिडियो नै सफलतापूर्वक सम्पन्न भयो । त्यसपछि राम्रो काम देखेपछि सबैले खोजी गर्न थाल्नुभयो ।

त्यसपछि तपाईंलाई खोजी गर्नेको ओइरो लाग्न थाल्यो ?
ओइरोभन्दा पनि राम्रो काम भएपछि खोजी गरेर काम दिन थाल्नुभयो । त्यसैले छोटो समयमै धेरैवटा मुभी, भिडियोमा भूमिका निर्वाह गर्ने मौका पाएँ ।
यो क्षेत्रमा व्यवसायिक रुपले लागेको कति वर्ष भयो ?
नाच्न त म स्कुल पढ्दैदेखि पोख्त थिएँ । तर, अभिनय त्यसैबाट आफैले सिकें । व्यवसायिक रुपमा मोड्लिङ गर्न थालेको तीन वर्ष भयो ।

तीन वर्षमा तीन सय भनेपछि वर्षको सयमा खेल्नुभए छ हो ?
कुनै वर्ष अलिक कम भयो । कुनै वर्ष सयभन्दा बढी भयो । लगभग त्यस्तै सयकै हाराहारीमा खेलियो ।

लोक, आधुनिक र पप कुनमा बढी खेल्नुहुन्छ ?
म सबैमा उत्तिकै दख्खल राख्छु । तर, लोक दोहोरीमा बढी खेलेकी छु ।

यो क्षेत्रमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
म सानैदेखि नाच्न अत्यन्तै रुचि राख्थेँ । त्यो देखेर सहपाठी साथीहरु र कलाकार साथीहरुबाट प्रेरित भएर यो क्षेत्रतिर आउन हौसिएकी हुँ ।

पारिवारिक साथ सहयोग कत्तिको पाआउनुभएको छ ?
पारिवारिक सहयोग भएकै कारणले कला क्षेत्रमा फस्टाउन पाएकी हुँ । यति धेरै भिडियोमा अभिनय गरेर यहाँसम्म आइसकेँ । परिवारको सहयोग नहुने भए कसरी सम्भव हुन्थ्यो ।

घरमा ममी, बुबाले यो क्षत्रमा नजाऊ भन्नुहुन्न ?
छैन, मेरो बुबा त राजनीति गर्ने मान्छे हो । उहाँले कला क्षेत्रलाई पनि राम्रो बुझिसिएको छ । त्यसकारण कुनै काममा रोकतोक गरिसिन्न । ‘तिमीलाई जेमा इच्छा छ, त्यो गर’ भनिसिन्छ ।

तपाईंलाई अझै माझिनुपर्छ, त्यसको लागि सिकाइ चाहिन्छ भन्ने छैन ?
त्यसको लागि त पहिला नै धेरै स्ट्रगल गरियो, आफैले दुःख गरेर सिकियो । अहिले त त्यति धेरै भिडियोमा अभिनय गरियो, अहिलेसम्मलाई पुग्न आउँछ । अब पछि मुभिहरु गरियो भने छुट्टै कुरा हो । यसैको लागि सिक्नुपर्छ जस्तो लाग्दैन ।

नायिकाको भूमिका पनि निर्वाह गर्नुभएको छ ?
एउटा चलचित्रमा नायिका बन्ने अवसर पाएकी थिएँ ।

यति धेरैमा खेल्नुभयो एदमै स्मरणीय कुन लाग्छ ?
आफूले गरेका कामहरु सबै राम्रै हुन्छन् । पहिला–पहिला संघर्षको समयमा पोखराका नारानाथ आचार्य दाइको गीत थियो । त्यसमा मैले नजान्दा पनि उहाँले सपोर्ट गरिसिएको थियो । एउटा त्यसको याद आउँछ, अर्को अन्धेपन हो ।

तपाईंलाई मन पर्ने नायिका को हो ?
हुनत सबै राम्रै हुनुहुन्छ । तर, मलाई एकदमै मन पर्ने नायिका रेखा पाथा हो ।

रेखा थापा नै किन ?
मलाई रेखा थापा एकदमै बोल्ड लाग्छ । उहाँ परिस्थितिको सामना गर्न सक्ने मान्छे ।

लोक गायिकामा राम्रो लाग्ने को हो ?
गायिकाहरु सबै राम्रो लाग्छ । तर, एकदमै मीठो स्वर भएकी लोक गायिका चाहीं विष्णु माझी हो ।

मोडलिङ क्षेत्रमा दमदार ढंगले जम्नुभएको छ, भविष्य यसैमा देख्नुहुन्छ ?
समयले साथ दिउन्जेल र इच्छा लागुन्जेल काम गर्ने हो । अहिले के हुन्छ भनेर भविष्यको बारेमा ग्यारेन्टी दिन्न । काम गर्दै जाँदा समयले कहाँ लगेर मोड्छ थाहै हुँदैन ।

कामको लागि प्रोडुसर, डाइरेक्टरकोमा कत्तिको धाउनुभयो ?
मलाई सबै मिलेर काम गरौं भन्दा गर्छु । तर, कामकै लागि प्रोडुसर, डाइरेक्टरकोमा धाउने काम चाहीं गर्दिन ।

चर्चित मोडल सम्मान पुरस्कार कत्तिको हात पार्नुभयो ?
मैले तीन-चारवटा राष्ट्रिय अवार्ड पाइसकेकी छु ।

काममा प्रवेश गर्दा र अवार्ड पाउँदा कुनमा आनन्द आयो ?
स्ट्रगल गरेर काममा प्रवेश गर्दा आउने आनन्द अर्कै थियो । ती कामको मूल्याङ्कन गरेर पाएको अवर्डाको अर्कै आनन्द थियो । दुवै खुसीका क्षण हुन् ।

विवाह त गर्नुभएको छैन होला ?
अहिलेसम्म गरेको छैन । करिअर बनाउँदै छु । विवाहको बारेमा सोचेकै छैन ।

अनि ब्वाइ फ्रेन्ड त बनाइसकनुभएको होला नि ?
छैन, किन चाहियो ? ब्याइ फ्रेन्ड ।


होइन अहिलेसम्म ब्याइ फ्रेन्ड छैन त ?
होइन, यस्तो हो ब्याइ फ्रेन्ड आफ्नो ठाउँमा हुन्छ होला । तर, सार्वजनिक गरिहाल्नुपर्छ भन्ने छैन नि । तर, सौभाग्यवस मेरो छैन ।

यति राम्री माछेको स्कुल पढ्दैदेखि पछिलाग्ने थिएनन् ?
कोही कोही थिए होलान् । तर, मैले थाहापाउने गरी अगाडि आएका थिएनन् ।
विहेका कुरा अफर त आएका होला नि ?
बिहे गरौं भनेर अफर आएको छैन ।

अहिलेसम्म माग्न पनि आएका छैनन् त ?
घरमा माग्न त आएका छन् किन नहुनु।

यति राम्री मापरङ्गत मान्छे हुनुहुन्छ, बिहे चाहीं कहिले गर्नुहुन्छ त ?
मैले बिहेको बारेमा एकरत्ति पनि सोचेकी छैन । आफ्नो ठाउँमा बसेर काम गर्नुछ । करिएर बनाउनुछ । त्यसबैले बिहेको चक्करतिर छैन ।
पछिल्लो समय मोड्लिङलाई

नग्नतातिर प्राथमिकता दिएको पाइन्छ के भन्नुहुन्छ ?
अरुको बारेमा म केही भन्दिँन । मैले अहिलेसम्म त्यस्तो सिन खेलेको पनि छैन । खुल्नुपर्दा कथावस्तु आफूलाई सुहाउँदो छ कि छैन बुझेर मात्रै खेल्छु ।

डाइरेक्टर, प्रोडुसरले यो ड्रेअपमा खेल्नुपर्छ भनेर कर गर्दैनन् ?
त्यहाँ गइसकेपछि त्यस्तो हुँदैन । खेल्न जानुअघि नै यस्तो सिन हुन्छ । यस्तो ड्रअप हुन्छ भनेर देखाइन्छ । अनि जारी भएर जाने हो । म आफूलाई सुट गर्ने विषयवस्तुमा मात्रै खेल्छु ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *