गजल

नबिर्सने गरी बितेको
बाल्यकाल श्रद्धाञ्जली, 
अधुरा-अपुरा र अलभ्य ती 
साल श्रद्धाञ्जली । 


दरिद्र भएर किताब, कापी, 
विद्या सबै मागियो, 
खाना माग्दा जुन दिए अर्कै
माल श्रद्धाञ्जली । 
पाउले सपनाकार 
दिमागलाइ गन्तव्यमा 
लग्यो, 
पैतालामा बग्रेल्ती खिल 
रोप्ने काल श्रद्धाञ्जली । 
जुङ्गा बस्नु पुर्बका मिठा
सपनाहरु उ बेलालाइ, 
कछुवाको पाराले पूरा नहुने 
ताल श्रद्धाञ्जली । 
बुझ्दा शैशवमा गरेछु 
राजनीति आफैलाइ ढाँटी,
तिब्र गतिमा बलापन काट्ने
ताल श्रद्धाञ्जली ।
Share
  • 88
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *