अनलाइन वतृत्वकला प्रतियोगिता सम्पन्न

संखुवासभा। समाज स्पर्श समिति चैनपुर र मानव अधिकार मञ्च नेपाल इलामको संयुक्त आयोजनामा अनलाईन मार्फत कोरोना भाइरस (कोभिड १९) ले वालवालिकामा पारेको असर र सरोकारवालाहरुको भूमिका विषयक वतृत्वकलाकला प्रतियोगिता हालै सम्पन्न भएको छ ।

यस वर्षको राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २९ गते जुम एप मार्फत सम्पन्न हुने प्रदेश नं. १ स्तरीय बक्तृत्वकला प्रतियोगिताको लागि जिल्ला स्तरमा उत्कृष्ट बक्ता छनौटमा जुम मार्फत समाज स्पर्श समिति चैनपुर र मानब अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको प्रतियोगितामा संखुवासभा जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान सभापोखरी गाउँ पालिका धुपुकी प्रेरणा भट्टराई, यसैगरी द्वितीय स्थानमा खाँदबारी नगरपालिकाकी वेनिका घिमिरे र तृतीय स्थान ओगट्न खाँदबारी नगरपालिकाका बिरेन्द्र कार्की सफल भएका छन् । कार्यक्रममा जिल्ला भरीका सामुदायिक विद्यालय र १० स्थानीय तह भित्रका का १२ जना प्रतियोगीतामा सहभागि रहेका थिए ।
प्रथम, द्वितीय र तृतीय हुने विजयीहरुलाई क्रमशः नगद १ हजार ५ सय, १ हजार र ५ सय पुरस्कार र प्रमाणपत्र दिइने बाल प्रायोजन अधिकृत खगेन्द्र डाँगीले जानकारी दिए । किन्नर मिसनरेक जर्मनीको आर्थिक सहयोगमा अनलाईन वतृत्वकला प्रतियोगिता सम्पन्न भएको समाज स्पर्श समिति संखुवासभाका अध्यक्ष्य लवकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले भने कोभिड–१९ को असरले विद्यालय लामो समय खुल्न नसकिरहेको अवस्थामा बालबालिकामा परेको मनोवैज्ञानिक प्रभावलाई हटाउँदै सिर्जनशिल कार्यमा जुटाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । यसैगरी कार्यक्रममा मानवअधिकार मञ्च नेपाल इलामका शिखरनाथ सापकोटाले समेत कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु हुँदै जिल्लामा उत्कृष्ट छनौट भएका १ जनाले भाद्र २९ गते बालदिवसको अवसरमा १ नं. प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

Share
  • 13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *