यस्ता असक्षम र भ्रष्ट पनि मन्त्री

घटना नं १
केही दिन अघि पर्यटन मन्त्री योगेश भट्टराई एउटा भर्चुअल बैठकमा थिए । बैठकको मध्येतिर कसैले अस्लिल भीडीयो पोष्ट गर्यो । करिव एक मिनेटसम्म अस्लिल भीडीयो प्रशारण भइरह्यो । श्रव्यदृश्य माध्यममा एक मिनेट भनेको लामै समय हो । यो भीडीयो प्रशारण हुँदा अन्य सहभागीहरुले टाउको निहुर्याएको देखिन्थ्यो भने मन्त्री भट्टराईले चाख दिएर हरिरहेको देखिन्थ्यो । युवा भएका कारण उनले चाख दिएर हेर्नुलाई धेरैले अस्वभाविक मानेनन् । तर यो भिडीयो कसले पोष्ट गर्यो ? को मार्फत जुम बैठकको पासवर्ड लिक भयो ? भन्ने कुरा अहिलेसम्म सार्वजनिक जानकारीमा आएको छैन । मन्त्री भट्टराईकै निकटस्थहरुबाट यो भर्चुअल मिटिङको पासवर्ड चुहिएका कारण दोषीको नाम सर्वजनिक नगरिएको अनुमान धेरैले गरेका छन् ।

घटना नं २
गत जनवरीको घटना हो यो । विनासकारी डँडेलोले अष्ट्रेलिया तहस नहस भइरहेको थियो । राहत तथा उद्धारका लागि विश्वको ध्यान अष्ट्रेलिया तर्फ केन्द्रित भइरहेको थियो । पर्यटन मन्त्री भट्टराई अंग्रेजी संवतको नयाँ बर्षको अवशरमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार प्रसार गर्ने भन्दै अष्ट्रेलिया तर्फ हानिए । महाविपत्तिको भूमरीमा फँसेको अष्ट्रेलियाले पर्यटन मन्त्री भट्टराइको स्वागत गर्ने कुरा त परै जाओस् भ्रमणलाई नोटिसमा सम्म राखेन । सामान्य पर्यटकका रुपमा पुगेका पर्यटन मन्त्री भट्टराईले राजधानी क्यानवेराको सडकमा ४०–५० जना नेपाली भेला पारेर ‘ नेपाल भ्रमण वर्ष’को व्यानर मात्रै के टाँगेका थिए , तत्काल अष्ट्रेलियाको प्रहरी पुगेर व्यानर खोसिहाल्यो । पूर्व अनुमती विना सार्वजनिक कार्यक्रम गर्न नेपालमा त पाइन्न भने अष्ट्रेलियामा पाइने कुरै भएन । यति पनि हेक्का पर्यटन मन्त्री भट्टराईले राख्न सकेनन् । त्यतिबेला सम्म अष्ट्रलियाको डँडेलो मात्रै चुनौती थिएन, चीनको बुहान शहरबाट फैलिएको कोरोनाले विश्वव्यापी ‘ सुपारी’ पठाइसकेको थियो । नेपाल भ्रमण वर्ष स्थगित गर्न विज्ञहरुले सुझाव दिइसकेका थिए । अन्तर्राष्ट्रिय उडान रद्ध गर्न नेपाल सरकार माथि दबाव सुरु भएको थियो । तर, मन्त्री भट्टराई भन्दै थिए–‘ नेपाल कोरोना मुक्त छ , यसलाई विदेशी पर्यटक आकर्षित गर्ने मौकाको रुपमा लिनुपर्छ ।’ विदेशी पर्यटक नै कोरोनाका संबाहक बन्न सक्छन् भन्ने सामान्य ज्ञान पनि मन्त्री भट्टराईले राख्न सकेनन् ।

घटना नं ३
करिव एक वर्ष अघि नवनियुक्त पर्यटन मन्त्री भट्टराई बधाई तथा शुभकामना लिन दलवल सहित देश दर्शनमा निस्के । विभागीय मन्त्री भएका कारण आफ्ना दलवलमा सामेल कार्यकर्ताहरुलाई निजी कम्पनीको विमानमा देश दर्शन गराउने अवशरका रुपमा उनले लिए । आश र त्रासका कारण कतिपय निजी कम्पनीहरुले आफ्नो पूर्वनिर्धारित सेडुअल भन्दा पनि मन्त्री भट्टराईको समयलाई प्राथमिकता दिँदै डिले गराउन थाले । अन्यत्र त खासै प्रतिकार भएन तर नेपालगञ्जमा चाँही प्रतिगामी एजेण्डा बोकेका युवा ज्ञानेन्द्र शाहीको जत्थाले प्रतिकार गर्याे । मन्त्री भट्टराईकै कारण वुद्धएयरको विमान ४५ मिनेट डिले भएपछि ज्ञानेन्द्र शाहीको नेतृत्वमा यात्रुहरुले प्रतिकार गरे । शाहीले मन्त्री भट्टराईको नाकसम्म चोरी औलो पुर्याउँदै झपारी रहेको र विमानका अरु यात्रुहरुको ताली पिटिरहेको भीडीयो भाइरल भयो ।मन्त्री भट्टराईले विज्ञाप्ति निकाल्दै आँफैले बुद्धएयरको व्यवस्थापनलाई टेलिफोन गरेर जहाजलाई आधा घण्टा पर्खाउन लगाएको स्वीकार गरे । यो घटनाको केही दिन अघि मात्रै अष्ट्रियाकी पर्यटन मन्त्रीले आफ्ना कारण ५ मिनेट विमान डिले भएको घटनामा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनमा दिएको समाचार भाइरल बनेको थियो , जबकी उनले विमान डिले गर्न कुनै दवाव दिएकी थिइनन् । तर समाजिक संजालमा भाइरल बनेको यो समाचारप्रति बेखवर भएकै कारण मन्त्री भट्टराईले ‘मैले नै विमान डिले गराएको हुँ ’ भन्दै विज्ञाप्ति निकालेका हुन् या, आफ्नो पदीय अहंकार ओकलेका हुन् ? प्रश्न अनुत्तरित नै छ । प्रधानमन्त्री ओलीका वर्तमान प्रेस सल्लाहकार सूर्य थापाले त्यतिबेला सामाजिक सञ्जालमा लेखेका थिए– ‘प्रतिगामी तत्वहरुले मन्त्री भट्टराइको नाकमै चोरी औंलाले घोचिदिनु भनेको प्रतिकात्मक हो , लोकतन्त्रकै नाकमा चोरी औंलो घोचिएको हो । लोकतन्त्र विरोधी जल्लादहरुले यो अवशर कसरी पाए , गम्भीर छानविन हुनुपर्छ ।’

घटना नं ४
अन्तर्राष्ट्रिय उड्यन संगठन आइकाओले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेको वर्षौ भइसकेको छ । पूर्ववर्ती पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने हो र नेपाल वायु सेवा निगमलाई घाटा रहित बनाउने हो भने कालो सूचीबाट हटाउनु वाहेक अर्को विकल्प छैन भन्दै पर्याप्त लविङ गरेका थिए । यो लविङमा उनी लगभग सफलताको नजिक पुगेका थिए । तेस्रो चरणको अर्थात अन्तिमपत्र पठाउन बाँकी रहँदा उनको हेलिकोप्टर दुर्घटनामा परी निधन भयो । करिव ६ महिना पछि योगेश भट्टराईले पर्यटन मन्त्रालय संहाले । उनले पर्यटन मन्त्रालय संहालेको एक वर्ष वितिसकेको छ , तर कालो सूचीबाट हटाउन कत्ति पनि पहल भएको छैन । पुर्ववर्ती मन्त्री अधिकारीको पालामा ड्राफ्ट भएको पत्र समेत नपठाइएका कारण अब फेरी शुन्य देखि नै पहल गर्नुपर्ने अवस्था सिर्जना भएको छ , तर मन्त्री भट्टराईले हवाई माफियाको इशारामा पहल नगरेको नेवानीका कर्मचारीहरु बताउँछन् ।

घटना नं ५
घटना करिव दुई महीना अघिको हो । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भए पछि विदेशमा अलपत्र परेका नेपाली करिव आठ कोटीका थिए । पहिलो कोटीमा आफ्ना छोरा–छोरी भेटन गएका बृद्धबृद्धा थिए । दोस्रो कोटीमा स्वाथ्य उपचारका लागि गएका बिरामी थिए । तेस्रो कोटीमा गर्भवती महिला थिए । चौथो कोटीमा स्वदेशमा आफन्तहरुको निधन भएका कारण काजक्रिया गर्न आउनु पर्ने युवाहरु थिए । पाँचौ कोटीमा विद्यार्थीहरु थिए । छैठौं कोटीमा कोरोनाका कारण रोजगारी गुमाई खर्च सकिएका युवाहरु थिए । सातौ कोटीमा रोजगारीको अवधी सकिएका युवाहरु थिए । आठौं कोटीमा व्यापार तथा पर्यटकीय सिलसिलामा विदेश गएकाहरु थिए । उनीहरुलाई स्वदेश ल्याउनु सरकारको कर्तव्य थियो । तर सरकार कानमा तेल हालेर बस्यो ।

विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्न सरकार माथि चौतर्फी दबाव सुरु भयो । सरकारको धेरै नै आलोचना भए पछि प्रधानमन्त्री केपी ओलीले पर्यटन मन्त्री भट्टराईलाई बोलाएर परामर्श लिए । भट्टराईले परामर्शदिए –‘ विदेशबाट आउन चाहने नेपालीको संख्या करिव ७ लाख छ , हाम्रो क्षमता भनेको दिनको पाँच सयलाई ल्याउने हो , यस हिसावले सबैलाई ल्याउन करिव २ वर्ष लाग्छ , राज्यकै खर्चका ल्याउने हो भने करिव २० अर्ब रुपैंया ढुकुटी सकिन्छ ।’ यही कुरा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बोले । ओलीको यो बोली पछि सडकमा झण्डै झण्डै आगो बल्यो । विद्रोहको विष्फोट हुने अवस्था सिर्जना भयो । उता विदेशमा अलपत्र पर्ने तथा उनीहरुका आफन्तहरुले आफ्नै खर्चमा आउने र आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्ने व्यवस्थागर्न सरकार सँग रोइकराई गरे । लाज–गालले पनि सरकारले यो कुरा स्वीकार गर्याे

घटना नं ६
करिव डेढ महिना अघिको घटना हो । अलपत्र नेपाली लिन दुवई गएको नेवानीको विमान रित्तै स्वदेश फक्र्यो । जबकी यात्रुहरुले बोर्डिङ पास लिइ सकेका थिए । कतिपय यात्रुहरुले त डेरा समेत छाडिसकेका थिए । आफ्नो राजगारी कम्पनीमा विदा मिलाई सकेका थिए । अचानक विमान रित्तै फर्कँदा उनीहरुको ठूलो विचल्ली भयो । यही पीडामा केवट थरका एक युवाले आत्माहत्या समेत गरेको समाचार आयो । काठमाडौंबाट दुवईको यात्रा जम्मा तीन घण्टाको मात्रै हो , तीन घण्टा अघि मात्रै यो सूचना दिइएको भए यात्रुहरु विमानस्थलमै अलपत्र पर्ने थिएन्,अर्को कुरा राज्यको ढुकुटीबाट चलेको नेवानीको ९० लाख रुपैंया स्वाहा हुने थिएन । किन यात्रुलाई अलपत्र पारियो ? नेवानीको ९० लाख रुपैंया एक खेपमा किन स्वाहा पारियो ? यो प्रश्नको उत्तर खोज्दा भ्रष्टाचारको डरलाग्दो तथ्यांक भेटियो । करिव ३ सय यात्रु बोक्ने नेवानीको विमान दुवई आवत जावतका लागि संचालन खर्च कुल ९० लाख रुपैंया हुने रहेछ । ९० लाख रुपैंया ३ सय यात्रुलाई भाग लगाउँदा भाडादर प्रतियात्रु १५ हजार रुपैंया हुने रहेछ । विदेशी विमान कम्पनीले यही १५ हजारमा ओसार पसार गरेका रहेछन् , तर सरकारी स्वामित्वको नेवानीले भने प्रतियात्रु ३० हजार रुपैंया उठाएको रहेछ । यो रकम बाँडफाँडको हिस्सा पर्यटन मन्त्री भट्टराईले मात्रै किन आँफूले पनि पाउनु पर्ने भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेल भित्रभित्रै मुरमुरिएका रहेछन् । यही कुरा नमिले पछि स्थगित भएको रहेछ । यसैगरी बिदेशबाट आएका यात्रुहरुलाई क्वारेन्टाइनका रुपमा राख्ने होटलहरुबाट प्रति यात्रुको प्रतिरात ५ सय रुपैंया कमिसन लिने गरिएको र यो कमिसन पनि मन्त्री भट्टराईले एक्लै कुम्ल्याउने गरेकोमा उपप्रधानमन्त्री पोखरेल आक्रोसित बनेका रहेछन् ।
यत्रो घटना उजागर भइसक्दा पनि नेवानीको भाडादर घटाइएको छैन , होटल क्वारेन्टाइनको रेट घटाइएको छैन । बाँडफाँडमा कुरा मिलेकै कारण नघटाइएको अनुमान गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *