मौन विद्रोह भित्रको समाज 

गजलकार शान्ति अधिकारी पोखरेल दोस्रो गजलकृति ‘मौन विद्रोह’का साथ आएकी छन् । यसअघि उनको ‘शान्ति बाटिका’ गजलसङ्ग्रह प्रकाशित छ । मोतिराम भट्ट (१९२३–१९५३) बाट सुरू भई मोति मण्डली, शम्भुप्रसाद ढुङ्गेल र भीमनिधि तिवारी हुँदै आएको गजल परम्परामा आज सयौँ स्रष्टाहरू अत्यन्त सक्रियताका साथ लागिरहेका छन् । तिनै मध्ये साधनारत एक सफल गजल स्रष्टाको नाम हो शान्ति अधिकारी पोखरेल । कोहलपुर बाँकेकी स्थायी बासिन्दा शान्तिले विगत एक दशकदेखि कविता, गजल र मुक्तक विधामा कलम चलाउँदै आएकी छन् ।
प्रस्तुत सङ्ग्रह ‘मौन विद्रोह’मा शान्तिले वि.सं. २०६९ वैशाख १ गतेदेखि वि.संं २०७१ जेठ ७ गतेसम्म रचना गरेका एक सय बीस वटा गजल समाविष्ट छन् । यसमध्ये कतिपय गजल विभिन्न अनलाइन, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका साथै मुहार–पुस्तिकामा प्रकाशित भइसकेका हुन् । यी गजलले समाजका विविध विषयको प्रतिनिधित्व गरेका छन् । प्रेम, प्रणय, संयोग, वियोग, त्याग–समर्पण, राष्ट्र–राष्ट्रियता, वेदना, कुण्ठा, निराशा, शान्तिको चाहना, नारी चेतना, सामाजिक विकृति र विसङ्गति शान्तिका गजलका विषय बनेका छन् । रदिफ र काफिया मिलेका गजल सुन्दर बान्कीका छन् । उनका गजलमा कोमल छन्, शृङ्गारप्रधान छन् र यिनमा प्रेम प्रसङ्ग बग्रेल्ती भेटिन्छन् । सङ्ग्रहको नाम आकर्षक छ । साथै गजल विचार, भाव र शैलीका दृष्टिले समेत परिपक्व देखिन्छन् । मनुष्य चोला क्षणिक हो । तर मनुष्य आफूलाई अन्य जीवको तुलनामा सर्वश्रेष्ठ ठादन्छ । जीवन उपभोग गर्ने क्रममा अनेक चर्तिकला विचित्र रूपमा प्रदर्शित गर्दछ । तथापि धेरैले जीवन केहो बुझेकै हुन्नन् । जीवनलाई बुझ्नेहरूले मात्रै सकारात्मक सोच बोकेर हिँड्छन् । एकबारको चोलामा यो जगतका सबै प्राणीको हितमा काम गर्नु नै यो जीवनको प्राप्ति हो । लगनशील मनुष्यले सही र खराब छुट्याउनु सक्नु पर्दछ । सकरात्मक सोचको विकास गर्नाले मनुष्य जीवन सुखमय रहन जान्छ भन्ने भाव तलको गजल अंशले दिन्छ :
जीवनसँग हार खाई योगी बनेपछि
बैरागलाई राग भन्ने पनि देखेँ मैले ।
आफूखुसी हुन अरूलाई दुःख दिने
स्वार्थलाई त्याग भन्ने पनि देखेँ मैले ।
तेरो मेरो भन्न छाडी हाम्रो भन्दै जुटौँ सबै
स्वार्थ हैन आत्मीयता भुलाउन सक्नुपर्छ ।
हिंसाभित्र देश डुब्दा जे नहुने त्यही भयो
अब सबै तिक्ततालाई भुलाउन सक्नुपर्छ ।
 
समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नारीमाथि चरम दमन र शोषण हुने गरेका छन् । सो दमनलाई सहन नसकेपछि मुख खोल्न र विद्रोह ओकल्न बाध्य हुनु पर्छ :
किन बोल्नुपर्याे, तिमी अभाव बोलेकै छ,
आज पनि नारीमाथि दबाब बोलेको छ ।
अधिकार दिएँ भन्छौँ अधिकारभित्र हेर,
घमण्ड र दम्भको त्यो नकाब बोलेकै छ ।
मुलुकमा प्रजातन्त्र स्थापना हुनुभन्दा अगाडि चुलाचौकामा सीमित रहन्थे नारी । राणाकालीन अवस्थामा झन लोग्नेको मृत्यु भएमा स्वास्नीमान्छेलाई ज्युँदै सति जानुपर्ने बाध्यता थियो । पछि त्यो कुरीतिको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले अन्त्य गरे । अहिले त्यस्तो छैन । जुनसुकै क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा भइरहेको छ । संविधानमै यस कुराको सुनिश्चितता गरिएको छ । समाजमा आवश्यक चेतनाको अभावले गर्दा महिलामाथि घरेलु हिंसा, बलत्कार, बेचबिखन जस्ता घटनाहरू अहिले पनि हुने गरेका छन् । तसर्थ नेपाली समाजमा महिलामाथि हुने समस्यालाई सुल्झाउन आत्मविश्वासका साथ लाग्नुपर्ने सन्देश तलको गजल अंशमा छ :
दस नङ्ग्रा खियाएर पौरख गरिखाने,
पराई दैलो नढुक्ने म नेपाली छोरी ।
०००
 देशको निम्ति ज्यानै बाजी लगाएर लड्ने
डराएर नलुक्ने म नेपालकी छोरी ।
विश्वका जुनसुकै देशमा पनि भन्नलाई त भनिन्छ, पुरुष र महिला बराबरी हुन् । केही देशहरूमा छिटफुट रूपले महिलामैत्री कानुन बनेको पाइन्छ । यद्यपि, महिलाका हितमा बनेका कानुन पनि व्यवहारतः कार्यान्वयन भएका देखिँदैनन् । धेरैजसो देश पुरुष प्रधान छन् । विशेषतः महिलालाई दोस्रो दर्जामा नै राख्ने गरिन्छ । त्यसो त मानवीय संसारलाई डोर्याउन पुरुष र महिलाको सहकार्यले मात्र सम्भव छ । यति हुँदाहुँदै पनि महिलालाई बच्चा उत्पादन गर्ने मेसिनको रूपमा लिने गरिएको पाइन्छ । संकुचित सोचाइबाट हाम्रो समाज माथि उठ्न सकेको छैन । घरव्यवहार सञ्चालनका लागि महिलाको भूमिका अहम् रहन्छ । महिलालाई देवीको रूपमा लिँदा पनि खासै फरक पर्दैन । हाम्रो समाजमा लोग्नेस्वास्नीबीच प्रगाढ सम्बन्ध रहेको हुन्छ । विश्वासमा नै सम्बन्ध स्थापित भएको हुन्छ । यति हुँदाहुदै पनि महिला पुरुषदेखि पीडित छन् । यद्यपि, दुईबीच मनमुटाव भएमा कानुनी रूपले छुट्टिन अर्थात् स्वतन्त्र भई बस्न पाउने व्यवस्था छ । छुट्टिनका लागि महिलाले चाहेमा मात्र संभव हुन्छ । महिलामाथि हुने सबै खाले समस्याहरूलाई गजलकारले गजलमा यसरी प्रस्तुत गरेकी छन् :
Share
  • 80
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *