कुलमानको म्याद थपिएन, अनिवार्य अवकाश

 काठमाडौं । सरकारले कुलमान घिसिङको म्याद थप नगी घर पठाएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने भन्दै उर्जा मन्त्रालयले घिसिङको म्याद थप नगरेपछि उनी आजबाट घर गएका हुन् ।

चार बर्षे कार्यकाल आजबाट सकिएकाले घिसिङले सोमबारबाट अवकाश पाउँदैछन् । उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ । लोडसेडिङ अन्त्य गर्न सक्रिय भूमिका खेलेकाले उनको म्याद थप गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकोले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको बताएको मन्त्रालयले बताएको छ । यदि म्याद थप गर्ने हो भने उक्त कार्यविधि नै खारेज वा संशोधन गर्नुपर्ने र एउटा व्यक्तिको लागि कार्यविधि नै हेरफेर गर्ने कुरा गर्न नसकिने मन्त्रालयको भनाई छ ।

Share
  • 288
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *