नेकपामा गुटबन्दी गर्ने र गाली गलौजमा गर्नेलाई अनुशासनको डण्डा

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ दल नेकपाभित्र गुटको भेला गर्न र आन्तकि समस्यालाई लिएर गाली गलौच गर्न प्रतिबन्ध लागेको छ । सोमबार राती अबेर पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गर्दै सो प्रतिबन्ध लगाएका हुन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्ततः आफूहरु पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न सफल भएको दावी गर्दै सोमबार राती सो निर्दैशन जारी गरेका थिए । आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुशासित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण पनि नेतृत्वले नेता कार्यकर्ता सामु गरेको छ । ‘१० असार २०७७ बाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटीको पाचौँ बैठक २६ भदौ २०७७ मा सम्पन्न भयो । अप्रिय एवम् कटूतापूर्ण बन्दै गएको पार्टीभित्रको अन्तरविरोध, पार्टी तथा सरकारको काम र कोभिड– १९ को महामारी तथा सीमा समस्याजस्ता ज्वलन्त विषयहरूमा केन्द्रित भएको यो बैठक पार्टी इतिहासमै विशिष्ट महत्त्वको हुनपुगेको छ’, सो सर्कुलरमा भनिएको छ । पार्टीभित्रको विवाद र अन्य समस्याको समाधान गर्न सकिन्छ या सकिँदैन, पार्टीको एकता अक्षुण्ण रहन्छ वा रहँदैन ?’ भन्नेजस्ता अन्योलता रहेपनि अब त्यो सबै अन्योल हटेको विषय पनि सर्कुलरमा जोडिएको छ । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा छलफलपछि बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गरेको र सोहीअनुसार तल्लो तहमा सर्कुलर गरिएको हो ।

सर्कुलरमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको भएपनि अब विगतका कमी कमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गरिएको छ । यसैगरी सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गरिएको छ ।

Share
  • 341
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *