पूर्वओलम्पियन नयना शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । पूर्व ओल्म्पियन तथा साफ स्वर्ण विजेता पौडी खेलाडी नयना शाक्यलाई कोरोना संक्रमण भएको छ । उनका श्रीमान तथा बास्केटबल प्रशिक्षक विकास शाही र छोरा इभानलाई पनि कोरोना संक्रमण भएको नयनाले फेसबुकमा लेखेकी छन् ।

घरमा भाडामा बस्नेलाई कोरोना भएपछि आफुहरूलाई सरेको हुनसक्ने नयनाले बताइन् । उनको रिपोर्ट भने हिजो आएको हो । साढे तीन वर्षको छोरालाई संक्रमण हुदा केही आतिए पनि अहिले मानसिक रूपमा बलियो भएको बताइन् । केही दिन अगाडि सामान्य लक्षण देखिएपनि अहिले सबैलाई कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ । उनी अहिले डाक्टरको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेकी छिन् ।

उनले सन २००४ को एथेन्स ओलम्पिकमामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । पाँचौ राष्ट्रिय खेलकुदमा नौ स्वर्ण जितेकी थिइन् ।उनको नाममा अहिलेपनि २०० मिटर बटरफ्लाइमा राष्ट्रिय रेकर्ड रहेको छ ।

Share
  • 24
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *