आउँदो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमै खुम्चिने

काठमाडौं । सन् २०२१ म नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमै खुम्चिने भएको छ । एसियाली विकास बैंकले सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर १।५ प्रतिशत मात्रै रहने प्रारम्भिक प्रक्षेपण गरेको हो । सरकारले भने आर्थिक वर्ष २०७७।७८ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य र्निधारण गरेको छ ।

एडिबीले सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । केन्द्रिय तथ्यांक विभागले आव २०७६।७७ मा नेपालको आर्थिक वृद्धिदर २.२८ प्रतिशत हुने बताएको छ ।

एसियाली विकास बैंकका अनुसार सन २०२१ मा दक्षिण एसियाका ३ देशको मात्रै आर्थिक वृद्धिदर सकारात्मक हुनेछ । सकारात्मक वृद्धिदर हुने देशहरुमा बंगलादेश, भुटान र नेपाल छन् । यी देशहरुको आर्थिक वृद्धिदर क्रमशः ५.२, २.४ र २.३ प्रतिशत रहनेछ ।

पकिस्तानको ०.४, अफगानिस्तानको ५, श्रीलंका ५.५, भारतको ९ र माल्दिभ्सको अर्थतन्त्र २०.५ प्रतिशतले घट्नेछ । सन् २०२१ मा भने नेपालको अर्थतन्त्र १.५ प्रतिशतले मात्रै बढ्दा माल्दिभ्सको १०.५, भारतको ८, बंगलादेशको ६.८, श्रीलंका ४.१, पाकिस्तान २, भुटान १.७ र नेपाल तथा अफगानिस्तानको अर्थतन्त्र १.५ प्रतिशतले मात्रै बढ्नेछ ।

सन २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धिदर औषतमा ६.८ प्रतिशतले घट्दा सन २०२१ मा भने ७.१ प्रतिशतले बढ्नेछ ।

Share
  • 9
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *