प्रधानमन्त्रीकाे विशेष आर्थिक सल्लाहकारमा खतिवडा  नियुक्त, मन्त्रिस्तरीय सुविधा पाउने

काठमाडौँ ।  सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।
यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए । संवैधानिक व्यवस्थानुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *