प्रमुख प्रशासकीय अधिकृत रावलले भिनाजुलाई दिए शाखा प्रमुखको जिम्मेवारी

काठमाडौं। रूकुम पश्चिमको त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलको दादागिरीले पालिकामा कार्यरत कर्मचारी हैरान बनेका छन । प्रशासकीय अधिकारको दूरुपयोग गर्दै रावल वरिष्ठ कर्मचारीहरुलाई अपमान गर्ने र जिम्मेवारी विहिन बनाउने खेलमा लागेका हुन।

छैठौं तहका ४ जना र पांचौं तहमा ५ जना सिनियर स्वास्थ्यकर्मीहरु हुँदाहुँदै रावलले चौथो तहका वीरबहादुर डाँगीलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिएका छन । शाखा प्रमुखको जिम्मेवारी पाउने कनिष्ठ कर्मचारी डाँगी नताले रावलका भिनाजु हुन ।

आर्थिक अनियमितताको आरोप समेत खेप्दै आएका प्रमुख प्रशासकीय अधिकृत रावलले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी चौथो तहका नाताले भिनाजु पर्ने व्यक्तिलाई दिनुले उनको नियतमाथि झनै शंका उब्जाएको छ ।

Share
  • 137
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *