अबको मुख्यसचिव को ? तीन सचिव जगेडामा !

काठमाडौं । तीन सचिव पद रिक्त हुँदा हुँदै सहसचिवबाट सचिवमा बढुवा भएका वीरबहादुर राईले सचिवमा काम गर्न नपाई अवकाश लिएका छन् जब कि उनले अवकाश लिदा देशभर ३ सचिव पद रिक्त थिए । ३ सचिव पद रिक्त हुँदा हुँदै पनि राईले सचिवमा काम गर्ने मौका पाएनन, उनी अवकाशमा गए । ओली सरकारले लामो समयदेखि ३ सचिवलाई जगेडामा राखेको छ । जगेडामै रहेको बेला राइले अवकाश पाए भने अरु दुई सचिव अहिले पनि जगेडामै छन ।

जानकारहरुका अनुसार सहसचिवबाट सचिवमा बढुवा भए पछि अवकाश नपाउँदासम्म उनी जगेडामै बसेका थिए । राई बाहेक अरु दुई सचिव मधु मरासिनी र केदार न्यौपाने पनि अहिले जगेडामै छन् । केही दिन अघि मात्र सहसचिवबाट सचिवमा बढुवा भएका चन्द्रमान श्रेष्ठ पनि जगेडामा रहनेछन् । सरकारले आफूलाई मन नपरेका सचिवलाई जगेडामा राख्ने गरेको छ । यसअघि शाही कालमा झण्डै आधा दर्जन सचिवलाई जगेडामा राखिएको थियो ।

ओली सरकारले २०७५ कात्तिकमा तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा ल्याई अतिरिक्त समूह (जगेडा) मा राख्ने निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय कार्यान्वयन हुन पाएन । सो निर्णयको विरुद्ध चौधरीले भोलिपल्टै सर्वोच्च अदालतमा मुद्दा दायर गरिन ।

पूर्वप्रशासकहरुका अनुसार ३ सचिवलाई लामो समयसम्म जगेडामा राखिएको गणतन्त्रपछि यो पहिलो पटक हो ।

सर्वोच्चले सेवा समुह नमिलेको कारण देखाउँदै चौधरीको पक्षमा अन्तरिम आदेश जारी ग-यो । सर्वोच्चको आदेश पछि चौधरीलाई जगेडामा राख्ने निर्णय लागु हुन सकेन । चौधरीले एक दिन पनि प्रधानमन्त्री कार्यालयमा हाजिर गरिनन् ।

२०७२ असोजमा सरकारले एकै पटक १३ सचिवलाई अतिरिक्त समुहमा राख्ने निर्णय गरेको थियो तर त्यतीखेर सचिवलाई अतिरिक्त समुहमा राख्नुको प्रयोजन फरक थियो । निजामती सेवा नियमावलीलाई कार्यान्वयनमा ल्याउन १३ सचिवलाई केही समयकोलागि अतिरिक्त समुहमा राखिएको थियो ।

नियमावली अनुसार केही दिन पछि विशेषज्ञताको आधारमा उनीहरुलाई विभिन्न कार्यालयमा खटाइएको थियो । पूर्व प्रशासकहरुका अनुसार ३ सचिवलाई लामो समयसम्म जगेडामा राखिएको गणतन्त्रपछि यो पहिलो पटक हो ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा शिक्षा मन्त्रालयमा एक एक जना सचिव पद रिक्त छ । तर तीन वटा सचिव जगेडामै छन् । जगेडामा राखिएका सचिवको कुनै भुमिका हुन्न । उनीहरूको काम भनेको प्रधानमन्त्री कार्यालयमा जाने र हाजिरी गर्ने मात्र हो । जगेडामा राखिएका ३ सचिव मध्ये न्यौपाने सचिवमा कार्यरत हुँदा जगेडामा रहेका छन् भने बाँकि दुई सचिव सहसचिवबाट सचिवमा बढुवा भए पछि जगेडामा बसेका हुन् ।

निजामती सेवा ऐन अनुसार सचिवमा बढुवा भएको ५ वर्ष पछि अनिवार्य अवकाश लिनुपर्ने हुन्छ । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वे रिपोर्टमा देशभर ७२ सचिवको दरबन्दी कायम गरिएको छ तर प्रधानमन्त्री कार्यालयमा कति संख्या सचिव राख्ने भन्ने मापदण्ड राखिएको छैन । ओएनएम सर्वेमा नेपाल सरकारका सचिव प्रदेशमा गएपछि मुख्सचिव हुने व्यवस्था छ ।

यसैवीच, आगामि कात्तिक ६ बाट मुख्य सचिव लोकदर्शन रेग्मीले अवकाश लिने भएका छन् । उनको ठाउँमा जान केही सचिवहरुको अहिलेबाटै दौडधुप शुरु भएको छ । तर मूख्य सचिव को हो भन्ने अझै टुगो छैन । मूख्य सचिवको टुंगो नलाग्दासम्म नीजामति प्रशासन भने अन्यौलमै रहेको छ ।

Share
  • 197
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *