रिबन

आठ डिआइजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा

 काठमाडौं । प्रदेश प्रहरी समायोजन अध्यादेश पारितभएसँगै नेपाल प्रहरीका आठ जना एसएसपीहरु डिआइजीमा बढुवा हुने भएक छन्। नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐनमा सोमबार सरकारले संसोधन अध्यादेश ल्याएपछि बढुवाका लागि बाटो खुलेको हो ।
प्रहरीमा अहिले तीन डिआइजीको पद रिक्त छ भने पाँच डिआइजीको दरवन्दि थप्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको छ। ओएनएमसहित गएको सो प्रस्ताव आउने वैठकबाट पारित हुने सम्भावना छ । त्यसपछि रिक्त हुने आठ डिआइजीका लागि हालका आइजिपी शैलेस थापाका ब्याजमेट अग्रपंतिमा छन्।
डिआइजीका लागि एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, दिलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा,सौरभ राणा, रामकृपाल साह, उमेश रञ्जितकार, सुशिलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ प्रतिस्प्रर्धी हुन।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *