मुख्य समाचार

प्रधानमन्त्री-रअ प्रमुख भेटवार्ताको टिपोट सुरक्षित छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भएको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको दाबी गरेका छन् ।

‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको उपप्रधानमन्त्री पोखरेलेको दाबी छ ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबिचको संवाद केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सबन्ध खास गरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले यस प्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *