खेलकुद

फिफा विश्वकप : एशियाली छनोट खेलको समयसीमा निर्धारण

काठमाडौं। फिफा विश्वकप फुटबल २०२२ को लागि एशियाली छनोट खेलको दोस्रो चरणको खेलहरु अषाढ १, २०७८ सम्म सम्पन्न हुने गरी मिति निर्धारण गरिएको छ । एशियाली फुटबल काउन्सिल(एएफसी)को दुईदिनसम्म चलेको अनलाइन बैठकले छनोट खेलको मिति निर्धारण गरेको हो ।


अखिल नेपाल फुटबल संघका अनुसार एएफसीको प्रतियोगिता आयोजना समितिको तेस्रो बैठकले आगामी माघ र फाल्गुन महिनाभित्र सातौं र आठौं खेलहरु सम्पन्न हुनुपर्ने तय गरेको छ । त्यसैगरी, नवौं र दशौं खेलहरु अषाढ महिनाभित्र सम्पन्न हुनुपर्ने तय गरिएको छ । असोज १५, २०७८ भित्र एशियाली छनोट खेलको अन्तिम चरणको खेलहरु सम्पन्न हुनुपर्ने गरी तय गरिएको छ ।


बैठकबाट २३ वर्ष मुनिको एशिया कप २०२२ को आयोजना खुला गरिएको छ । सन् २०२२ मा चीनले उक्त प्रतियोगिता आयोजना गर्ने तय गरिएको थियो । तर चिनियाँ फुटबल संघले उक्त प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि एफसीको बैठकले आयोजना खुला गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *