समाचार

प्रहरी र विप्लव कार्यकर्ताबीच फायरिङ्ग, स्थानीय त्रसित



संखुवासभा । मंसिर १ गते तिहारको भाइटिकाको दिन चैनपुर नगरपालिका स्थित मैदानेमा प्रहरी र विप्लव कार्यकर्ताबीच फायरिङ्ग भएपछि स्थानीयवासी त्रशित बनेका छन् ।

सोमबार विहान ११ बजे नियमित गस्तीमा हिडेका प्रहरी टोलीलाई लक्षितगरी चैनपुर नगरपालिका ४ स्थित मैदानेमा लुकेर बसेका विप्लपमा ओवादीका कार्यकर्ताहरुले फाइरिङ्ग खोलेका थिए । विप्लव कार्यकर्ताहरुले हवाई फायर खोलेपछि गस्ती प्रहरीले पनि जवाफी फायर खोलेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । फायरीङ्गपछि विप्लव कार्यकर्ता भागेका थिए ।
घटनामा दुवै तर्फको मानवीय क्षति नभएको डिएसपी मल्लले जनाए । उनले भने सो फाइरिङ्गमा दुवै पक्षबीच कुनै मानवी क्षति भने भएको छैन ।
फायरिङ्ग भएपछि त्यस क्षेत्रका सर्वसाधरण त्रसित बनेको स्थानीहरु बताउछन् । अहिले त्यस क्षेत्रमा प्रहरीले थप कडा सुरक्षा गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको । प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो फाएरिङ्गपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप शुरक्षाकर्मीको संयुक्त टोली घटनास्थलमा पुगेका थिए । घटनापछि पनि त्यस क्षेत्रमा सुरक्षा थप कढाइ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मल्लले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट