खेलकुद

नेपालको ओडीआई मान्यता लम्बियो

काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म लम्बाएको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी दिएका हुन् । कोरोना महामारीका कारण कुनै पनि प्रतियोगिताहरु हुन नसेकेकोले मान्यता लम्बाइएको उनको भनाई छ ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । ओडीआई मान्यता पाएपछि नेपालले अहिलेसम्म १० खेल खेलेको छ । जसमा नेपालले ५ जित र ५ हारको नतिजा निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *