खेलकुद

जर्मनीमाथि स्पेनको जित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि सानदार जित निकालेको छ ।गएराति घरेलु मैदानमा भएको खेलमा स्पेनले जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । अल्भारो मोराटा,रोड्री र मिकेल ओयाराज्बालले एक/एक गोल गरे ।

खेलको १७ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।३३ औं मिनेटमा फेरानले गोल गर्दा स्पेनको अग्रता दोब्बर बनाए । खेलको ३८ औं मिनेटमा रोड्रीले गोल गरेपछि पहिलो हाफमा स्पेन ३-० ले अघि रह्यो ।

खेलको ५५ औं मिनेटमा फेरानले ब्यक्तिगर दोस्रो गोल गर्दै स्पेनको अग्रता ४-० को बनाए ।७१ औं मिनेटमा फेरानले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मिकेलले गोल गर्दा स्पेन ६-० ले बिजयी भयो ।जितसँगै स्पेन लिग ‘ए’ को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पेनले ६ खेलमा ११ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाएको हो । जर्मनीले ९ अंक जोड्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट