खेलकुद

इटाली र बेल्जियम नेसन्स लिगको अन्तिम चारमा

काठमाडौं । इटाली र बेल्जियम नेसन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् । बेल्जियमले बुधबार डेनमार्कलाई ४–२ ले हराएसँगै नेसन्स लिगको अन्तिम चारको चरणमा स्थान बनायो ।
बेल्जियमका लागि लुकाकुले दोस्रो हाफमा दुई गोल गरे । योउरी टिलेमन्स र केभिन डे ब्रुएनाले पनि एक–एक गोल थपे । बेल्जियम लिग–वान ग्रुप–टुको शीर्ष स्थानमा रह्यो । उसले अब फ्रान्स, इटाली र स्पेनको सामना गर्नेछ ।
यस्तै, इटालीले बोस्नियालाई २–० ले हराउँदै आफ्नो प्रभावशाली प्रदर्शन कायम राख्यो । यससँगै इटालीको अपराजित यात्रा २२ खेलसम्म पुगेको छ । उसका लागि आन्द्रे बेलोटीले पहिलो गोल गरेयता डोमेनिको बरार्डीले अर्को गोल थपे । यस नतिजासँगै इटाली लिग–वान ग्रुप–बीको शीर्ष स्थानमा रह्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *