मनोरञ्जन

ड्राइभर र सहयोगीलाई कोरोना देखिएपछि सलमान खान आइसोलेसनमा

काठमाडौं । बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन् । आफ्नो निजी ड्राइभर र दुई सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि सलमान सेल्फ आइसोलेसनमा बसेको बिग बोस युनिटले जानकारी दिएको छ ।
सलमानले आफ्नो परिवारबाट अलग रहेर १४ दिन एकान्त बस्ने भारतीय मिडियाले जनाएका छन् । उनी अहिले चर्चित रियालिटी सो ‘बिग बोस’ सञ्चालन गरिरहेका छन् । कोरोना पुष्टि भएका सलमानका ड्राइभर र सहयोगीलाई अहिले मुम्बईको असपतालमा भर्ना गरी कोरोनाको उपचार गरिँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *