समाचार

कान्तिपुरका पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । पत्रकार गोकर्ण गौतमको निधन भएको छ । उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो ।
मष्तिस्कमा समस्या देखिएपछि उनलाई सुरुमा थापाथलीस्थित नर्भिक अस्पताल, त्यसपछि अन्नपूर्ण न्युरो हुँदै तीन दिन अगाडि न्युरो अस्पताल बाँसबारी भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
मकवानपुर घर भएका गौतम नेपाली सिने पत्रकारिता निकै दख्खल राख्थे । देशान्तर साप्ताहिक हुँदै कान्तिपुरको नेपाल साप्ताहिकमा सिनेमासम्बन्धी समाचार लेख्ने गौतमका समीक्षा निकै खरो हुने गर्थे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट