राजनीति

रामेछापको नामाडी घटना राजनीतिक प्रतिशोध भएको तरुण दलको निष्कर्ष

काठमाडौं । नेपाल तरुण दल रामेछापले नामाडीमा भएको घटनाक्रमलाई राजनीतिक प्रतिशोध राखेर घटनालाई तोडमोड गरेको निष्कर्ष निकालेको छ । नेपाल तरुण दल रामेछापले घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’लगायतका व्यक्तिमाथि प्रहरीको समेत मिलेमतोमा मिति मंसिर ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा दर्ता गरिएको छ । उक्त घटनाप्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बासुदेव फुयाल र सचिव बिश्वराज कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आफ्नो स्थापनाकालदेखि नै नेपाल तरुण दलले आफ्नो वर्गीय चरित्र अनुरुप गलत प्रवृत्तिको डटेर खबरदारी गरिरहेको इतिहास जगजाहेरै छ ।

यसै सन्दर्भमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घट्ना प्रक्रियालाई लिएर जे जसरी बास्तविकतालाई तोडमोड गर्दै घटनाको प्रक्रियामा कुनै पनि संलग्नता नरहेका व्यक्तिहरुमाथि जबरजस्त ढंगबाट राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढंगले बद्नियत तरबले व्यक्तिको चरित्र हत्या गर्ने गरी नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका व्यक्तिमाथि प्रहरीको समेत मिलेमतोमा मंसिर ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ ।’

त्यस्तै विज्ञप्तिमा लोकतन्त्रको दीप गाउँ–गाउँमा बाल्नुपर्छ अनि समाजको सर्वाङगीण विकास हुनुपर्छ भनेर गाउँको सेवामा तल्लिन रहेको व्यक्ति ,जसको समाज प्रतिको बढ्दो आकर्षण अनि हरेक खालका विकासका गतिविधिमा पहरेदारी गरेको देख्न नसक्ने तत्वहरुले जाल र षड्न्त्र रचि आज सत्ता र शक्तिको आडमा निर्दोश व्यक्तिमाथि घटनाको प्रकृतिको यर्थात् नै नबुझी जुन ढंगले घटनाक्रम विकसित हुदैँ गएको छ । त्यो सत्यता बाहिर आउने छ र बास्तविकता के हो भन्ने कुरा सबैले बुझ्ने छन् । अनि कानुनभन्दा माथि कोही छैन् भन्ने कुराको पूर्ण आभाष हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ र सत्यतथ्य छानविन होस दोषी उपर कार्वाही होस र निर्दोष व्यक्तिलाई फसाउने तवरले तानाबाना नबुनियोस भनि जोडदार माग गर्दछौँ लगायतका कुरा उल्लेख गरिएको छ ।

नेपाल तरुण दल रामेछापले नेपाली काँग्रेसको शालिनता र अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तीको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी जिल्ला सहसचिव जीवन कार्कीले भने, ‘विकसित घटनाबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्छ ।’

विज्ञप्ति जस्ताको त्यस्तै–

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *