विचार

ओली जनयुद्धविरोधी, उनको हातमा देशको नेतृत्व पुग्नु विडम्बनापूर्ण : बाबुराम

सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति सम्झौता भएको (२०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक ।
नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइॅचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति सम्झौतामा भएका आर्थिक सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण ।
अब फेरि २०५२ सालयताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह, आन्दोलन, जनजाति आन्दोलन, थरूहट थारूवान आन्दोलनलगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि !

– बाबुराम भट्टराईको फेसबुकबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *