समाचार

खाँदबारी नगरपालिकाका मेयर खतिवडा अस्वस्थ, काठमाडौं लगियो

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको स्वकीय सचिव सन्तोष चापागाईँले जानकारी दिए ।
उनका अनुसार खतिवडाको स्वास्थ्यमा केही दिनअघिदेखि समस्या देखिएको थियो । तर शुक्रबार बिहान एक्कासी ज्वरो, श्वासप्रश्वास र घाँटीमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं लगिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट