मनोरञ्जन

म्युजिक भिडियोमा केकी र दिनेशको प्रेम (भिडियो)

काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ु यो माया के होु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।

गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *