खेलकुद

पीएसजीको अपराजित यात्रामा ब्रेक, मोनाकोसँग ३–२ ले पराजित

एजेन्सी । पीएसजीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । फ्रेन्च लिग वनमा शीर्षस्थानको पीएसजी आठ खेलपछि पहिलो पटक पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–२ गोलले पराजित भयो । १० खेलाडीमा सीमित रहेको पीएसजीले दुई गोलको अग्रता जोगाउन सकेन । मोनाकोको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरेपनि खेर गयो ।
मोनाकोको जितमा केभिन मोलान्डले दुई गोल गरे । खेलको २५ औं मिनेटमा नै पाहुना टिम पीएसजीका लागि एम्बाप्पले टिमलाई अग्रता दिलाएका थिए।
तर खेलको ५२ औं मिनेटमा होलान्डले गोल गर्दै अन्तर दुई एकमा पुर्‍याए । त्यसपछि ६५ औं मिनेटमा फेरि उनैले फेब्रिगासको पासको सदुपयोगमा खेल दुई दुई गोलको बराबरीमा पुर्‍यायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट