मुख्य समाचार

वामदेवको यो चुनौतीपछि अनि ओली गले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टी एकतापछि तीनवटा समूह स्पष्ट रुपमा देखा पर्यो । सो समूहको नेतृत्व केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गर्दै आए ।
तीनवटै समूहले आफूहरुलाई पार्टीभित्र शशक्त बलियो रुपमा दावी गर्दै आए । पार्टीभित्र माधव नेपाल समूह सबैभन्दा बढी पेलिएको हेपिएको र चेपिएको अवस्थामा रह्यो । पार्टीभित्र यो समूहले विस्तारै आफ्ना दाह्रा नङ्ग्राहरु सशक्त बनाउदै लगेको अवस्थामा प्रचण्ड समूहसँग सहकार्य गर्ने अवस्थामा आइपुगेको छ ।
यही सहकार्यका कारण पछिल्लो आठ महिनामा तीन पटक विभाजनको संघारमा पुगेको छ । पार्टीभित्रको शीर्ष नेताहरूबीच हुँदै आएको झगडाले पार्टीभित्रको विवाद बल्झिँदै आएको छ ।
संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी विवाद र विभाजनकै त्रासमा छ । यसअघि असार र भदौको अन्तिम साता विभाजनको खतराबाट जोगिएको थियो । तर त्यसको केही साता नबित्दै पुनः अहिले पार्टीको शीर्ष तहबाटै पुनः विवाद सुरु भएको छ ।
यसअघि गत भदौमा दाहालसँग सहमति भएपछि स्थायी समितिको बैठकबाट भएको निर्णयले ओली सरकार पाँच वर्षका लागि सुरक्षित भएको मानिएको थियो । तर त्यो सहमति कार्यान्वयनमा समस्या देखिएपछि कात्तिकको अन्तमा फेरि विवाद बल्झिएको हो । जसले ओलीको संकट झन् बढाउँदै लगेको छ ।


पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवैको नेतृत्वमा रहेका दुई समानान्तर पक्षमा बाँडिएका नेताहरूबीच विवाद पटक पटक बल्झिरहेको हो । यसअघि पार्टी विभाजन निम्त्याउन सक्ने आँकलन गरिएका विवादलाई ओलीले केही कार्ड प्रयोग गरी तत्कालका लागि व्यवस्थापन गर्न सफल भएका थिए ।

आफू ईतर पक्षमा रहेका केही नेताहरूलाई विश्वासमा लिदै उनले आफ्नो पक्षमा बहुमत बनाएका थिए । जसकारण विभाजनको खतरा टरेको थियो । साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत साथमा लिन सफल भएपछि ओली थप बलियो बनेका थिए ।
यसअघिका दुई ठुला संकटमा ओलीले विभिन्न प्रलोभन दिदै आएका थिए । जसकारण ओली अफ्नो अडानबाट पछाडि हट्ने अवस्था आएको थिएन तर बुधबारको सचिवालय बैठकमा उनी सहभागी हुन बाध्य भए ।
यसअघि ओलीले परिस्थतिअनुसार प्रचण्ड र नेता नेपाललाई सहमतिमा आउन बाध्य पारेका थिए तर ओलीले दिएको प्रलोभनमा अविश्वास गरेकै कारण अहिले कडा टक्कर शुरु भयो । जुन टक्कर अक्करमा फलेको फर्सी जस्तै भएको छ । पछिल्लो समय वामदेव गौतम समेत चिढिएपछि ओली निकै अप्ठेरोमा परेका हुन ।
आफूलाई अप्ठेरो पर्दा विभिन्न आश्वासन दिएर पार्टी उपाध्यक्ष बामदेव गौतमको साथ सहयोग लिँदै आएका ओलीले लगत्तै त्यसलाई बिर्सदै आएपछि गौतमले ओलीलाई साथ दिन नसकिने बताइसकेका छन् । गौतम पनि आफ्नो स्वभावअनुसार कहिले ओली त कहिले अरु पक्षसँग लागिरहेका छन् ।
नेकपाको सचिवालयमा नौ जना सदस्य छन् । ओलीको साथमा महासचिव विष्णू पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा मात्रै रहदा वामदेव प्रायः निर्णायक बन्दै आएका छन् ।
प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ अर्कोतिर रहदाँ वामदेवलाई ओलीले आफ्नो पक्षमा ल्याउन सफल बन्दै आएका थिए ।
ओलीले तिनै वामदेवलाई आफूतिर तानेर प्रतिरक्षा गर्दै आए पनि अहिले भने उनले साथ दिएका छैनन् । सोमबारको भेटमा वामदेवले ओलीसँग आफ्ने सहमतिमा प्रचण्डको दस्तावेज आएको बताएपछि भने ओली निकै झस्किएनन मात्रै उनी संकटमै परे ।
राष्ट्रपतिको समेत प्रयासमा बामदेवलाई फेरि आफूतिर ल्याएर संकट टार्ने ओलीको बारम्बारको प्रयाससमेत विफल भएको छ । पूर्वमाओवादी नेताहरुले पनि ओलीलाई साथ दिइरहेका बेला अहिले भने उनीहरुको साथ पनि काम नलाग्ने अवस्थामा पुग्यो । यसअघि स्थायी समिति सदस्य लेखराज भट्ट, स्थायी समिति सदस्य तथा सांसदहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र देवेन्द्र पौडेल, सांसद प्रभु साह तथा स्थायी समितिका अर्का सदस्य मणि थापा ओलीलाई हलुका साथ दिइरहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *