बागमती प्रदेश

कांग्रेस सांसद राधा घलेले आविष्कार केन्द्रलाई दिइन् दशैं भत्ता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभाकी प्रमुख सचेतक राधा घलेले दसैं भत्ताबापतको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेकी छन् ।
शुक्रबार कीर्तिपुरस्थित आविष्कार केन्द्रमा पुगेर उनले सो रकम हस्तान्तरण गरेकी हुन् । बागमती प्रदेश सरकारले दसैं भत्तबापत उपलब्ध गराएको ५६ हजार ८४० रुपैयाँ केन्द्रका अध्यक्ष महावीर पुनलाई हस्तान्तरण गरेको प्रमुख सचेतक घलेले जानकारी गराइन् ।
कोरोना कहरका बीचमा केन्द्र सरकारसँग प्रदेश सरकारले दसैं भत्ता वितरण गरेपछि चौतर्फी आलोचना भएको थियो। कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दसैं भत्ताबापतको रकम सरकारलाई फिर्ता नगर्ने र सांसदहरु आफैंले आ–आफ्नो क्षेत्रमा जनताको जीवन रक्षार्थ खर्च गर्ने निर्णय गरेको थियो ।
संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक घलेले कोरोना महामारीमा महत्वपूर्ण काम गरिरहेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *