मनोरञ्जन

केकी र प्रकाशको ‘कर्कलो’ बजारमा (भिडियो)

काठमाडौँ । गायक प्रकाश सपुत र नायिका केकी अधिकारी अभिनित ‘कर्कलो’ बोलको नयाँ लोकदोहाेरी गीत सार्वजनिक भएको छ ।

गीतकार विजय दर्पणको शब्द रहेको गीतमा योगेशकाजीले संगीत भरेका छन् । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

यस्तै, राजकुमार मगरको निर्देशन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने राजिव समरको कोरियोग्राफी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *