विश्व

जर्मनीमा एकैदिनमा करिब २३ हजार संक्रमित

बर्लिन। जर्मनीमा कोरोन भाइरसबाट संक्रमितहरुको कुल सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५ सय २८ जना संक्रमित भएका हुन् ।

कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा जर्मनीमा कुल २२ हजार ९ सय ६४ जना संक्रमित भएका छन् ।

जर्मनीमा कोरोना भाइरसबाट संक्रमित भएर एकैदिनमा २ सय ५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८ सय ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ ।

एक दिन अगाडि एकैदिन संक्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६ सय ४८ र मृत्यु भएकाहरुको सङ्ख्या २ सय ६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको हो ।

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५ सय ५९ जना संक्रमित भएका छन् भने १३ लाख ७७ हजार ८ सय २६ जनाको मृत्यु भएको छ ।

  •  चर्चामा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *