कोरोना अपडेट

१६७४ संक्रमित थपिए, २३२३ संक्रमणमुक्त

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ६ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शनिबार गरेको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार ८,१४४ जनाको पिसिआर परीक्षण गरेको थियो।

शनिबार २ हजार ३ सय २३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । शनिबार ७ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

यससँगै नेपालमा हालसम्म १६,५२,०४३ जनामा पिसिआर परीक्षण भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६३९ पुगेको छ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । क्वारेन्टिनमा भने ७५७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट देशभरका प्रयोगशालामा मात्र ९ हजार ८०५ जनाको नमुना परीक्षण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *