खेलकुद

खेलाडीलाई बन्द प्रशिक्षणका लागि क्यानले बोलायो

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ। क्यानले एक सूचना जारी गर्दै २२ जना खेलाडीलाई बोलाएको हो।

क्यान अनुसार ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, बसन्त रेग्मी, शरद भेषवाकर, अभिनाष बोहोरा, सोमपाल कामी, सुसन भारी, कुशल मल्ल, सन्दीप जोरा, सुवास खकुरेल, भुवन कार्की, पवन सर्राफ, किशोर महतो, मो आरिफ शेख, रोहितकुमार पौडेल, रसिद खान, विनोद भण्डारी, ललितनारायण राजवंशी र कमलसिंह ऐरीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ।

यही मंसिर १० बाट प्रशिक्षण शुरु हुने क्यानले जनाएको छ। त्यसका लागि ८ गते सबै खेलाडी र प्रशिक्षक जगत टमटाले कोरोनाको पीसीआर परीक्षण गराउनुपर्ने छ। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आउने खेलाडीलेमात्र प्रशिक्षणमा सहभागिता जनाउन पाउने क्यानले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *