मुख्य समाचार

चितवन काण्डले नेकपामा अर्को संकट, माधव नेपाल आक्रोशित

काठमाडौं । सत्तारुढ नेकपामा एकपछि अर्को विवाद सुरु भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादको असर अब केन्द्रबाट तल्लो तहमा देखिन थालेको छ ।
शनिबार चितवन १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका सुरेन्द्र पाण्डेविरुद्ध प्रधानमन्त्री ओलीविरुद्ध अनैतिक शब्द प्रयोग गरेको भन्दै नेकपा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । जसका कारण पाण्डेको सम्बोधन बिथोलिएको थियो । ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
जुन घटनाको नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार पाण्डेलाई लखेटेको घटनाप्रति उनले भर्त्सना व्यक्त गरेका छन् । नेता नेपालले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका हुन् । उनले नाराबाजीको घटना छानबिन गर्नुपर्ने बताएका छन् ।

यस्तो छ नेपालको विज्ञप्ति

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवाहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।

सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *